होन्डा ग्राजिया स्पोर्टस् भेरियन्टमा सार्वजनिक, चाँडै नेपाल आउने

काठमाडौं । होन्डाले भारतमा ग्राजियाको नयाँ भर्सन सार्वजनिक गरेको छ । आफ्नो सफल प्रिमियम स्कुटर ग्राजियाको स्पोर्टस् भेरियन्ट सार्वजनिक गरेको हो ।

नेपालमा पनि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नयाँ ग्राजिया चाँडै नेपाल ल्याउने तयारी सुरु गरेको जनाएको छ ।

‘होन्डाले नयाँ मोडल ल्याउने प्रक्रिया सुरु गरेको छ । हाइनेस सिबी ३५०, हर्नेट २.० र ग्राजिया मध्ये सबैभन्दा पहिला ग्राजिया नेपाल आउन सक्ने छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले नयाँ स्पोर्टस् भेरियन्टको मूल्य ८२ हजार ५६४ भारतीय रुपैयाँ तोकेर यसलाई विक्री सुरु गरेको हो । कस्मेटिक परिमार्जन गरिएको होन्डा ग्राजियामा कुनैपनि मेकानिकल परिर्वतन भने गरेको छैन । यो स्कुटर पर्ल नाइटस्टार व्ल्याक र स्पोर्टस् रेड कलर अप्सनमा आएको छ ।

यसको ग्राफिक्स र हेडल्याम्पको कम्बिनेशनले अझै स्कुटरलाई सार्प लुक्स दिएको छ । यसका साथै यसमा साइड स्ट्यान्ड इन्डिकेटर तथा इन्जिन कट फिचर थप गरेको छ ।

त्यसैगरि यसमा नयाँ फिचरका रुपमा इन्टिग्रेटेड पास स्वीच, एक्स्ट्रनल फ्यूल लिड, स्प्लीट एलइडी ल्याम्प, चेसिल्ड टेल ल्याम्प, जेट इन्स्पायर रियर लाइट्स, स्प्लीट ग्रायाव रेल रहेका छन् । त्यस्तै यसमा १६ एमएम ग्राउन्ड क्लियरेन्स वृद्धि गरिएको छ । यसले अफरोड राइडलाई अझै आरामदायी बनाउने छ ।

यसमा कम्पनीले १२५ सीसी सिंगल सिलिन्डर एफआई इन्जिनलाई निरन्तरता दिएको छ । उक्त इन्जिनले ८.१४ बीएचपी र १०.३ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top