एबीएस भएको बजाजका मोटरसाइकल खोज्नेलाई यी हुन् विकल्प (मूल्यसहित)

काठमाडौं । भारतमा बीएस ६ मापदण्ड अनुसार १५० सीसीभन्दा माथिका मोटरसाइकल तथा स्कुटरमा एबीएस अनिवार्य गरिएको छ । भारतमा बीएस ६ मापदण्ड अनिवार्य भइसकेको अबस्थमा नेपाली बजारमा भने बीएस ६ मापदण्डका मोटरसाइकल भर्खरै भित्रन थालेका छन् ।

पूर्णरुपमा बीएस ६ भर्सनका मोटरसाइकल नेपाल आउन भने अझै केहि समय लाग्ने भएको छ । नेपालले बीएस ३ वा शो सरहको मापदण्ड लागु गरिरहेकाले विक्रेता कम्पनीहरुले बीएस ६ मापदण्डका सवारी साधन ल्याउन रुची नदेखाएका हुन् । मूल्यका हिसावले पनि १५ देखि २५ हजारसम्म महंगो पर्ने भएकाले कम्पनीहरु पुरानैलाई निरन्तरता दिइरहेका छन् ।

त्यसैले कम्पनीहरु एबीएस सहितको मोडलहरु धमाधम ल्याइरहेका छन् । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एचएच बजाजले आफ्ना मोटरसाइकलमा बीएस ६ मापदन्ड अनुरुपकाे फिचर थप गर्दै ल्याइरहेको छ । बजाजले एबीएस फिचर भएका ५ मोडलका ६ भेरियन्टमा मोटरसाइकल विक्री गर्दै आइएको छ ।

बजाजले केहि दिन अघिमात्र नेपालमा सार्वजनिक गरेको बजाज डोमिनार २५० समेत बीएस ४ मापदण्डको रहेको छ । भने यसमा एफआई, एबीएस जस्ता फिचर उपलब्ध गराएको छ । त्यस्तै २०० सीसी सेग्मेन्टमा सबैभन्दा धेरै विक्री हुने मोटरसाइकल एनएस २०० र पल्सर २२० एफमा समेत कम्पनीले एबीएस दिएको छ । २२० एफको नन्एबीएस भर्सन भने विक्री नै बन्द गरेको छ ।

त्यसैगरि बजाज पल्सर एनस १६०मा समेत कम्पनीले एबीएस सेवा थप गरेर विक्री गरि रहेको छ । यसको समेत नन्एबीएस भर्सन नेपालमा विक्री बन्द भएको छ ।

साथै, बजाजले एभेन्जर १६० मा समेत एबीएस फिचर तथ गरेर केहि समय आगडि नेपाली बजारमा विक्री सुरु गरेको थियो ।

यस्तो छ बजाजको एबीएस भएका मोटरसाइकलको मूल्य

एबीएस भएको बजाजको सबैभन्दा सस्तो मोडल पल्सर एनएस हो । यसको मूल्य २ लाख ९९ हजार ९००, पल्सर २२० एफको ३ लाख ४४ हजार ९००, एभेन्जर स्ट्रीटको मूल्य ३ लाख २४ हजार ९००, पल्सर एनएस २०० एबीएस/एफआईको ३ लाख ६७ हजार ९००, एनएस २०० एबीएसको ३ लाख ४७ हजार ९००, डोमिनार २५०को ४ लाख ८९ हजार ९०० र डोमिनार ४०० को ५ लाख ६१ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको छ ।


Back_to_top