उच्च ग्राउन्ड क्लियरेन्स भएको टाटा नेक्सन इभीको विक्रीमा उछाल

काठमाडौं । टाटाको पहिलो इलेक्ट्रीक एसयूभी नेक्सन इभीको विक्री ३ हजार यूनिट पुरा भएको छ । कम्पनीले जनवरी महिनामा नै यसको विक्री करिब १ हजार यूनिट पुरा गर्दै तीन हजार यूनिट पुर्याएको हो । कम्पनीले अगस्ट २०२० मा एक हजार यूनिट पुरा गरेको थियो । दुई हजार यूनिट डिसेम्बर २०२० मा पुरागरेको टाटाले तीन हजार यूनिट जनवरीमा पुरा गरेको हो ।

कम्बस्चन इन्जिनयुक्त नेक्सनकै धेरै फिचर प्रयोग भएको यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा बजारमा ल्याउने घोषण गरेको छ । जसमा एक्सएम, एक्सजेड प्लास र एक्सजेड प्लस लग्जरी रहेको छ ।

नेक्सन इभीको एक्सएमको मूल्य १३ लाख ९९ हजार , एक्सजेड प्लासको १४ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरीको मूल्य १५ लाख ९९ हजार रहेको छ । यो कारको ८ वर्ष तथा १ लाख ६० हजार किलोमिटरको व्याट्रीमा वारेन्टी प्रदान गरेको छ ।

जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा ३१३ किलोमिटर रेञ्ज प्रदान गर्ने टाटा मोटर्सको दाबी छ । यसमा ३०.२ किलोवाट आवरको हाई इनर्जी डेनसिटी लिथियम आयोन ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।

यसमा रहेको ९५ किलोवाटको मोटरले १२९ पिएस तथा २४५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट हिलअप तथा हिलडिसेन्ड असिस्ट दिएको छ । टाटाले पहिलो पटक यस कारमा सनरुफसमेत दिएकोले भारतमा यसको माग बढ्दै गएको छ ।

नयाँ ३५ प्रकारको कनेक्टेड फिचर उपलब्ध नेक्सनलाई स्मार्ट फोनको एपको माध्यमबाटै स्क्यान समेत गर्न सकिने कम्पनीले जनाएको छ । जसको सहायताले कारको व्याट्री तथा मोटरका साथै अन्य टेक्नीकल पार्टसको स्टाटस थाहा पाउन सकिने छ ।

यो एसयूभी अहिलेसम्म कै सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रीक एसयूभी हो । यसमा २०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

सिप्रदी ट्रेडिङले नेपाल ल्याउने तयारी गरेर पनि बजेटबाट विद्युतीय कारको कर बढेसँगै यसको आयात प्रक्रिया रोकिएको थियो ।


Back_to_top