सुजुकी हायाबुसाको टप स्पीड २९९ किलोमिटर, यस्तो छ २०२१ मोडल

काठमाडौं । चर्चित सुपर बाइक ‘सुजुकी हायाबुसा’ थप परिमार्जनसहित २०२१ मोडल आउने भएको छ । जापानीज मोटरसाइकल निर्माता कम्पनी सुजुकीले सन् १९९९ बाट उत्पादन सुरु गरेको हायाबुसा २०२१ मोडलको टिजर सार्वजनिक गरेर नयाँ मोडलको जानकारी दिएको हो ।

सुपर बाइक पारखीहरुको माझ निकै चर्चित मोटरसाइकल हायाबुसा केही समय अघिदेखि भारतमा उत्पादन तथा विक्री बन्द भएको थियो । भारतमा बीएस ६ मापदण्ड लागू भएसँगै यसको विक्री बन्द भएको हो । फेब्रुअरी ५ मा कम्पनीले नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । नयाँ मोडलमा धेरै परिर्वतन पाउन सकिने छ ।

हालैमात्र सार्वजनिक भएको टिजरका अनुसार यसमा इन्स्ट्रुमेन्ट कन्सोलमा ट्वीन एनालग क्लक दिइएको छ । यसमा दुई एनालग डायल बीचमा सानो टीएफटी प्यानल पाउन सकिन्छ । त्यसैगरि नयाँ हायाबुसामा मल्टी इन्जिन पावर मोड, क्वीकसिफ्टर, ट्याक्सन कन्ट्रोल जस्ता अध्याधुनिक फिचर रहने छन् । यसको अलावा ग्राफिकमा ठूलो परिर्वतन गरिएको छ ।

रेगुलर हायाबुसामा १३४० सीसी लिक्वीड कुल्ड, इनलाइन ४ सिलिन्डर इन्जिन रहेको छ । यसले ९५०० आरपीएममा १९७ बीएच पावर तथा ७२०० आरपीएमममा १५५ एनएम टर्क जेनेरेट गर्छ । पुरानो मोडलले २.७४ सेकेन्डमा ०-१०० किलोमिटर प्रति घन्टको स्पीड पकड्न सक्छ भने यसको टप स्पीड २९९ किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top