काठमाडौं । एनआईयू इलेक्ट्रीक स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटीले नयाँ सार्वजनिक गरेको छ । कम्पनीले आज एम पल्स (एमक्यूआइ) स्कुटर नेपालमा सार्वजनिक गरेको हो ।
एमक्यूआई प्लसमा १५०० वाटको मोटर रहेको छ । त्यस्तै यसमा ४८ भोल्टको लिथियम आयन ब्याट्री प्याक रहेको छ । यो स्कुटर एक पटकको फुल चार्जमा ५०-७० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावि रहेको छ । यो ब्याट्री फुल चार्ज गर्न ४ देखि ६ घन्टा समय लाग्ने कम्पनीले जनाएको छ । यसको टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ ।
यसको लम्वाइ १७२८ एमएम, चौडाइ ६६१ एमएम, उचाइ ११३१, ग्राउन्ड किल्यरेन्स १२६ एमएम रहेको छ ।
एमक्यूआई प्लसको मूल्य २ लाख ३९ हजार रुपैयाँ निर्धारण गरेको छ ।


