काठमाडौं । रेनोले आफ्नो चर्चित एमपीभी ट्राइबरमा केहि परिमार्जन गर्ने भएको छ । कम्पनीले २०२१ मोडलमा कस्मेटिक परिमार्जन गर्न लागेको हो ।
रेनोले ट्राइबरमा नयाँ उलइडी टर्न इन्डिकेटर र ड्यूल टोन कलर अप्सन थप गर्ने भएको छ । साथै कार्डि ब्राउन कलर अप्सन पनि थप भएर आउने छ । कम्पनीले ल्याउन लागेको ड्यूल कलर अप्सन कालो छानेको रुपमा आउने छ । यो नै ट्राइबरको टप स्पेक हुने छ ।
दुईवटा हर्न अप्सन, मल्टी फङ्गसन स्टेरिङ ह्वील, चालकको सिटलाई म्यानुयल एड्जस्ट गर्न सकिने जस्ता फिचर नयाँ अपग्रेडेड ट्राइभरमा पाउन सकिन्छ ।
रेनो ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ ।
ट्राइबर एमपीभीको लम्बाई ४ मिटरभन्दा कम रहेको छ । यसको लम्बाई ३९९० एमएम, चौडाई १७३९ एमएम र उचाई १६४३ एमएम रहेको छ भने ह्वीलबेस २६३६ एमएम रहेको छ । १८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।
रेनो-निसान-मित्सुविसीको सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीडमा आधारित रहेर तयार भएको ट्राइबरको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । ग्राहकले यसमा ६२५ लिटरको विशाल बुटस्पेश पाउने छन् ।
एड्भान्स अटोमोवाइलले नेपाली बजारमा रेनोका उत्पादन आधिकारीक रुपमा विक्री वितरण गर्दै आएको छ । कम्पनीले ट्राइबर आरएक्सई भेरियन्टको मूल्य २८ लाख ७० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३० लाख ५० हजार, आरएक्सटी भेरियन्टको ३२ लाख १० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ रहेको छ ।


