काठमाडौं । कोरियन मोटर उत्पादक कम्पनी किया ब्रान्डद्वारा उत्पादित ‘२०१८ किया सोल’ विश्वभर युनिक भेकल्सका रुपमा परिचित छ । विश्व प्रसिद्ध यो मोडल स्पोर्टी लुक्स, पोलोराइजिङ स्टाइल, सरल मूल्यजस्ता विशेषता कारण सफलतामा पुगेको हो ।
अमेरिकी र क्यानेडिन बजारमा कम्पनीले कार किन्दा शोरुममा खरिदगर्न चाहने मानिस आफै उपस्थिति हुनुपर्ने व्यवस्था गरेको छ । यसले किया ब्रान्ड प्रति युवाहरुको आर्कषण रहने कम्पनीको विस्वास छ । २०१८ मा सार्वजनिक भएको लेटेस्ट मोडल किया सोलले नयाँ जेनेरेसनलाई आक्रर्षित गर्न अझै केही सुधार गर्नुपर्ने छ । किया सोल २०१८ भर्सनको ५ सवल र ५ कमजोर पक्ष यस्ता रहेका छन् ।
सबल पक्ष
टर्बोचार्ज इञ्जिन
नयाँ जेनेरेशनलाई आक्रर्षित गर्न कम्पनीले सोलमा टर्बाेचार्ज इञ्जिन लगाएको छ । १.६ लिटर टर्बाेचार्ज इञ्जिनले २०१ हर्षपावरका साथै १९५ आई–एफटी टर्क उत्पादन गर्छ । यसमा लगाइएको इञ्जिनमा अन्य कम्पनीले दिएको इन्जिन भन्दा निकै उत्कृष्ट रहेको छ । टर्बाेचाज्र्ड इञ्जिनले थप स्ट्यान्डर्ड र शक्तीसाली बनाउन मद्दत पुर्याउँछ ।
स्पेश
कार भित्रको स्पेश यो कारको अर्को सबल पक्ष हो । कारको भित्री आवरणलाई व्यवस्थित बनाउन ठुलो स्पेशले सहयोग पुर्याउँछ । सिटको अलवा कारमा प्यासेञ्जरका लागि २३.६ क्युबिक फिट स्पेश ठाउँ रहन्छ । तर, आवश्यकताअुनसार रियर सिटलाई फोल्ड गर्दा ६१.३ क्युबिक फिट खाली ठाउँ राख्न सकिन्छ । साथै, सोल सानो आकारको देखिए तापनि ‘मा हेड एन्ड लेग रुम’ रहेको छ ।
लाइटअप स्पीकर
मनोरंञ्जनका लागि सोलको इन्टिरियरमा राखिएको लाइटअप स्पीकर ग्रिल्स अर्काे आक्रर्षणको पाटो हो । क्याबिनलाई थप रमाइलो, चाखलाग्दो बनाउन लाइटअप स्पीकरले निक्कै ठूलो भूमिका खेलेको छ ।
मूल्य
कारमा १.६ लिटर टर्बाेचाज्र्ड इञ्जिन क्षमताको ४ सिलिन्डर लगाइएको छ, जसको मूल्य २३ हजार ७ सय ९५ अमेरिकन डलर रहेको छ । साथै, २.० लिटर इञ्जिन क्षमताको सोलको मूल्य, २१ हजार २ सय ९५ डलर रहेको छ । सामान्य विशेषता बोकेको मोडलको मूल्य १७ हजार ९५ डलर पर्छ ।
हमास्टर
किया कम्पनीले १० वर्षबीचमा १० लाख सोल कार अमेरिकी बजारमा बिक्री गर्न सफल भएको छ । यसको मुख्य कारण कम्पनीको विज्ञापन शैली हो । यसमा कियाको सफलता हमास्टरको कन्सेप्टमा विज्ञापन गर्नु रहेको मान्न सकिन्छ ।
सुधार गर्नु पर्ने पक्ष
ट्रान्समिसन
सन् २०१९ मा पुनः किया कम्पनीले सोललाई परिमार्जन गर्ने जनाएको छ । विशेषत कियाले टर्बाे इञ्जिनको प्रयोगलाई जोड दिनुपर्छ । अप कमिङ सोलमा न्यू ट्रान्समिसन दिइएको छ ।
फ्यूल ईकोनोमी
अप कमिङ मोडल कियामा सोलको बक्सी र ट्रान्समिसनको सहकार्य आवश्यक देखिएको छ । फ्यूल ईकोनोमीलाई ध्यान दिएको खण्डमा यो कार निक्कै आक्रर्षक बन्न सक्छ ।
इन्टेरियर
कियाको इन्टेरियर त्यति नराम्रो छैन । यसको इन्टेरियर सुरक्षित तथा रमाइलो त छँदैछ । तर, यसलाई कलरका साथै पर्सनलाईजेसन गर्न आवश्यक छ । अपकमिङ मोडल्स के–९०० मा विभिन्न विशेषता समेट्ने विश्वास लिइएको छ ।
सेफ्टी ड्राइभिङ तथा असिस्टेन्ट विशेषता
सोलमा मात्र नभई सबै ट्रीम्स मोडलमा सेफ्टी तथा ड्राइभर असिस्टेन्ट विशेषता दिइएको हुन्छ । सोल मोडलमा ब्लाइन्ड मोनोटरिङ, ल्यान किप असिस्टेन्ट तथा स्मार्ट त्रूmजजस्ता विशेषता कमजोर भर्सनको प्रयोग गरिएको छ, यसलाई परिमार्जन गर्न जरुरी छ । यद्यपी सोलले सबै सुरक्षा जाँचमा ५ स्टार रेटिङ पाएको छ ।
अलहुइल ड्राइभ
सोल कारमा अल ह्वील ड्राइभ विशेषता थप्न आवश्यक छ । अल ह्वील ड्राइभ खराब मौसमको समयमा निक्कै किफायती बन्न सक्छ । २०१९ सोल मोडलमा यस्ता सुविधा राख्दा निक्कै लाभदायिक तथा आक्रर्षक प्रडक्ट निर्माण हुने अनुमान गर्न सकिन्छ । अटोगाईड डटकमबाट


