काठमाडौं । टाटाको माइक्रो एसयूभी ‘एचवीएक्स’ विभिन्न चरणमा परिक्षण भइरहेको तस्विरहरु भारतमा एकपछि अर्को सार्वजनिक भइरहेका छन् । टाटा पछिल्लो दिनमा निकै आक्रमक बजार विस्तारमा लागि रहेको छ । कम्पनीले केहि दिनअघि सफारी बजारमा ल्याएको थियो भने टर्बो इन्जिन सहित अल्ट्रोज पनि सार्वजनिक गरिसकेको छ । यस्तोमा कम्पनीले आफ्नो एसयूभी लाइनअपको सबैभन्दा सस्तो मोडल ‘एचबीएक्स’ बजारमा चाँडै उतार्ने अनुमान गरिएको छ ।

टाटा नेक्सनभन्दा कम मूल्य र साइजमा सानो हुने एचबीएक्सको नाम के राख्ने छ यसको तय भइसकेको छैन । कम्पनीले अहिले परिक्षमा देखिएको तस्विरलाई आधार मान्दा नयाँ माइक्रो एसयूभीमा मेसिन कट अलोय ह्वील, फ्लोटिङ टचस्कृन, स्लीक लुक्स एलइडी हेडल्याम्प, क्रोम फिनिसिङ सहितको ग्रिल, ट्राइ एरो ग्रिल, फगल्याम्प, एलइडी टेललाइट जस्ता फिचर यसमा पाउन सकिने छ ।
टाटाले नयाँ माइक्रो एसयूभीमा १.२ लिटर नेचुरल एस्पार्ड पेट्रोल इन्जिन प्रदान गर्ने अनुमान गरिएको छ । यसमा दिइएको इन्जिनले अधिकतम ८६ पीएस पावर र ११३ एनएम पीक टर्क प्रदान गर्ने छ । संभवत यसमा १.२ लिटर आई टर्बो इनिजन पनि उपलब्ध रहने छ । उक्त इन्जिनले भने ११० पीएस पावर र १४० एनएम टर्क प्रदान गर्ने छ । दुबै इन्जिनमा ५ स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्स उपलब्ध रहने छ ।
टाटाले नयाँ माइक्रो एसयूभीलाई आफ्नो पछिल्लो प्ल्याटफर्म अल्फामा आधारित रहेर उत्पादन गरिरहेको छ । संभवत यो गाडीको नाम हर्नविल रहने अनुमान गरिएको छ ।

