काठमाडौं । जापानी मोटरसाइकल कम्पनी सुजुकीको लागि नेपालको आधिकारिक विक्रेता भीजी सुजुकीले न्यू एयर अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष बिग हर्ष नामक नगद छुट अफर ल्याएको हो ।
यो स्कीममा सुजुकी बाइक तथा स्कुटर खरिद गर्न चाहने ग्राहकले १० हजार नगद छुट पाउने छन् ।
त्यस्तै यो अफर अन्तर्गत बाइक तथा स्कुटर खरिदका लागि फाइनान्स तथा एक्सचेन्ज सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।
कम्पनीली नेपालमा सुजुकी जिक्सर १५०, जिक्सर २५०, इन्ट्रयुडर, हायाते बर्गम्यान स्ट्रिट, एक्सेस जस्ता मोटरसाइकल तथा स्कुटर विक्री गर्दे आएको छ सुजुकीका मोटरसाइकल तथा स्कुटरमा ५ वर्षको वारेन्टि उपलब्ध छ ।

