काठमाडौं । जगदम्बा मोटर्सले नेपाल ल्याएको मलेसियन ब्राण्ड प्रोटोनको एसयूभी ‘एक्स-७०’ काठमाडौं आइपुगेको छ । यसअघि पनि काठमाडौंमा परिक्षणको क्रममा देखिएको एक्स ७० आगामी अप्रिल महिनाबाट विक्री सुरु हुने अनुमान गरिएको छ ।
यसअघि प्रोटोनको पहिलो मोडलको रुपमा सागा सेडान नेपाल ल्याएको कम्पनीले दोस्रो मोडलको रुपमा एक्स ७० नेपाल ल्याएको हो ।
अन्तर्राष्ट्रिय बजारमा विभिन्न ४ भेरियन्टमा बिक्री वितरण भइरहेको एक्स ७० टु ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहने छ । कम्पनीले नेपाली बजारमा विभिन्न तीन भेरियन्टमा मात्रै यसलाई उपलब्ध गराउने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा एक्स ७० को स्टायडर्ड, एजुकेटीभ, प्रिमियम र प्रिमियम एक्स भेरियन्ट विक्री हुँदै आएको छ ।
एक्स ७० को स्टायडर्ड भेरियन्टमा ६ वटा एयरव्याग, १७ इन्चको अलोय ह्वील, फेब्रिक सिट, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ६ स्पीकर, रियर भ्यू क्यामेरा जस्ता फिचर दिइएको छ ।

एजुकेटीभ भेरियन्टमा एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, १८ इन्च अलोय ह्वील, पावर टेलगेट, अगाडि वेलकम ल्याम्प, लेदर सिट, ८ स्पीकर, ३६० डिग्री क्यामेरा जस्ता फिचर पाउन सकिन्छ ।
प्रिमियम भेरियन्टमा एड्भान्स ड्राइभर एसिस्टेन्स, टायर प्रेसर मोनिटर, १९ इन्चको अलोय ह्वील, फुट सेन्सर सहितको पावर टेलगेट, प्रिमियम लेदर सिट, अगाडिको यात्रुको लागि पावर सिट, ९ वटा स्पीकर जस्ता फिचर उपलब्ध रहेको छ । प्रिमियम एक्स भेरियन्टमा भने पानारोमिक सनरुफ समेत उपलब्ध रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रोटोन एक्स ७० मा १.८ लिटर टिजीडीआई टर्बो चार्ज्ड डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन रहेको छ, नेपालमा भने १.५ लिटर जिडीआई टर्बो इन्जिनमा उपलब्ध रहने कम्पनी स्रोतले जानकारी दिएको छ ।

सुरक्षाको लागि सबै भेरियन्टमा ६ एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, अटो ब्रेक होल्ड, ट्रायाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोनोमस इमेर्जेन्सी ब्रेक, फरवार्ड कुलिङ वार्निङ, क्रुज कन्ट्रोल, व्लाइन्ड स्पर्ट इन्फर्मेशन सिस्टम, डोर वार्निङ, इन्टेलिजेनट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, फ्रन्ट पार्किङ सेन्सर, रियर पार्किङ सेन्सर जस्ता फिचर रहेका छन् ।

कम्पनीले यसको मूल्य ८० लाखदेखि ९५ लाख रुपैयाँसम्म कायम गरेर विक्री सुरु गर्ने अनुमान गरिएको छ ।

