एक्साइड ब्याट मोबाइल सर्भिसको लाभ ३१ हजारभन्दा बढीले उठाए

काठमाडौं । नेपालमा सन् २००० देखि सिप्रदी ट्रेडिङ्ग प्रालिले विक्री वितरण गर्दै आएको एक्साइड ब्याट्री अहिले नेपालको सर्वाधिक लोकप्रिय मध्यको एक ब्याट्री बन्न सफल भएको छ । कम्पनीले पाएको लोकप्रियतालाई निरन्तरता दिन र ग्राहकहरुलाई सहजता दिने उद्देश्यले व्याट्रीलाई चाहिने सेवासमेत विस्तार हुँदै आएको छ । विक्रीपछिको सेवाको लागि कम्पनीले सन् २००६ देखि ब्याट मोबाइल सर्भिस संचालन गर्दै आएको छ ।

एक्साइड ब्याट मोबाइल सर्भिस अन्तर्गत कसैको चारपांग्रे गाडी र दुई पांग्रेको ब्याट्रीमा समस्या आएर ग्राहकले कम्पनीमा जानकारी गराए निःशुल्क ब्याट्री जाँच गर्ने सुविधा हो । कम्पनीकाअनुसार गाडी स्टार्ट नहुने तर तुरुन्त स्टार्ट गनुपर्ने, चलाउँदा चलाउँदै गाडी रोकिने, आवश्यक ठाउँमा गाडीको बत्ती नबल्ने जस्ता समस्या भएमा कम्पनीमा जानकारी आएको खण्डमा आएर निःशुल्क ब्याट्री जाँच गरिन्छ । कम्पनीबाट गएका प्रतिनिधिले अत्याधुनिक प्रविधियुक्त मेसिनबाट ब्याट्री जाँच गरी ब्याट्री बिग्रिएको, चार्ज गर्नुपर्ने अवस्था रहेको वा के गर्नुपर्ने हो तुरुन्त स्थिति प्रिन्ट आउट गरी ग्राहकलाई दिने गरिन्छ ।

काठमाडौँको रिङ्गरोडमा ब्याट्री स्टार्ट नभएर गाडीलाई अफरोड हुनु नपरोस् भन्ने लक्ष्यको साथ सुरु गरेको ब्याट मोबाइल सर्भिस गाडीमा ब्याट्रीको कारण आएको समस्या समाधान गर्ने कुरामा केन्द्रित थियो । तर, बिस्तारै यो सर्भिसले ग्राहकलाई सहज भइरहेको प्रतिक्रिया पाएपछि यो सर्भिस रिङ्गरोडमा मात्र सिमित नभइ पुरै काठमाडौँ उपत्यकामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । अब छिट्टै देशका अरु ठाउँमा पनि सुचारु गर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सुरुवाती दिनमा मोबाइल भ्यानमार्फत सुरु भएको यो सेवा अहिले ग्राहकहरुलाई छिटो छरितो होस् भनेर स्कुटरमार्फत पनि संचालन भइरहेको छ । हालसम्म ३१ हजार ६८५ भन्दा बढी एक्साइड ब्याट्री र ननं एक्साइड ब्याट्रीका ग्राहकहरुले यो सेवाको फाइदा लिएको कम्पनीको दाबी छ ।

आइतबारदेखि शुक्रबारसम्म बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म र शनिबार लगायत सार्वजनिक विदाहरुको दिनमा बिहान ९ः३० बजे देखि साँझ ५ः३० सम्म सेवा संचालन हुने कम्पनीले जनाएको छ ।


Back_to_top