होली २०७७ः उपत्यकाका यी स्थानका ट्राफिकको कडा निगरानी

काठमाडौं । होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने धेरै हुने अनुमान गर्दै ट्राफिक प्रहरीले ‘होली विशेष सुरक्षा योजना’ निर्माण गरेर काम गरिरहेको छ ।

अन्य दिन चोक चोकमा ट्राफिक चेक जाँच हुने भएपनि होलीको दिन हरेक गल्लीमा चेकजाँच गर्ने तयारी भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रबक्ता एपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

‘उपत्यकामा एक हजार ट्राफिक प्रहरी खटाउँदै छौं । कुनै विशेष चोकमा मात्रै होइन हरेक गल्लीमा दिउँसै मापसे चेक जाँच गर्ने गर्ने तयारी भइरहेको छ’, एसपी अधिकारीले मेरोअटोसँग भने ।

उनका अनुसार उपत्यमा हुन सक्ने संभावित दुर्घटना न्यूनिकरण गर्न मापसे चेक जाँचको साथै मोटरसाइकलमा दुई जनाभन्दा बढी चढेर हिड्ने र हेल्मेट नलगाई मोटरसाइकल चलाउनेलाई पनि निगरानी गर्न मोवाइल गस्ती गर्ने टिम तयार रहेको छ । त्यसैले हरेक स्थानमा ट्राफिक प्रहरीको निगरानी रहेको छ ।

यस्ता चाडपर्वमा दिउँसै मापसे गरेर गल्लीको बाटो प्रयोग गर्नेलाई विशेष निगरानी गरिएको र सबैमा यस्ता ग्रैहकानुनी क्रियाकलाप नगर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

सरकारले पनि होली पर्व मनाउने नाममा भिडभाड नगर्न भनेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीसमेत परिचालन गरिने भएको छ । यसले होलीमा हुनसक्ने संभावित दुर्घटनालाई कम गर्न सहयोग पुगने अनुमान गरिएको छ ।


Back_to_top