काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०७८ को लागि आफ्नो योजना फ्रिडम इनिसिएटेड (एफआई) सार्वजनिक गरेको छ । नव उत्सवलाई ज्यादा रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै, स्क्य्राच कार्ड मार्फत् ग्राहकहरुले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता जित्न सक्ने छन् ।
ग्राहकलाई थप सुविधा दिने उद्देश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजना समेत ल्याएको दाबी गरेको छ । यो योजना अनुसार मोटर साइकल तथा स्कूटरहरु सून्य प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तामा खरिद गर्न सक्ने छन् ।
नयाँ वर्षको लागि ल्याइएको योजनाका बारेमा यामाहा नेपालका सीइओ चिरञ्जिवि शाह भन्छन् ‘कोभिडले हामी सबैलाई २०७७ अत्यन्त कठिन बनाएको थियो । गत वर्षको कटु अनुभवलाई थाँती राखी हामी अब आउने नयाँ वर्ष २०७८ मा उत्साह र खुशीयाली हुने अपेक्षा गर्छौ । सोही अपेक्षालाई दृष्टिगत गरेर हामीले हाम्रा ग्राहकहरुमा थप खुशीयाली ल्याउने प्रयास गरेका छौं । हाम्रा सवारीसाधनका दायराहरु आधुनिकरण गर्दै, एफआई प्रविधि जडित छन् । हाम्रो उत्पादन तथा उपहार योजनाबाट धेरैभन्दा धेरै ग्राहकले फाईदा लिने हामीलाई विश्वास छ ।’
यामाहा नेपालमा फ्युलइन्जेक्टेड मोटर साइकल र फ्युलइन्जेक्टेड स्कूटरहररु उपलब्ध गराउने पहिलो ब्राण्ड बन्दै अत्याधुनिक प्रविधियुक्त २ पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको छ ।


