बजाज पल्सर १५० किनेर रोशनले जिते १० लाख

काठमाडौं । बजाज पल्सर १५० किनेर जनकपुरमा रोशन साफीले १० लाख जितेका छन् । कम्पनीले ल्याएको शून्य अफरमा १० लाख जितेका हुन् । साफीले शून्य अफरमा १० लाख जित्ने पहिलो ग्राहक बन्न सफल भएका छन् ।

नेपालका लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको थियो ।

कम्पनीका अनुसार माछित्जीत्कैया–६, लग्मा निवासी साफीले ओम अटोमोबाइल, जनकपुरबाट १५० सीसीको बजाज पल्सर मोटरसाइकल खरिद गर्दा ६ वटा शून्य प्राप्तगरि १० लाख जित्न सफल भएका हुन् ।

शून्य अफरमा सहभागी हुन ग्राहकले बजाजको आधिकारिक शोरुमबाट खरिद गर्नुपर्ने छ । यो योजना अनुसार बजाजका कुनै पनि मोटरसाइकल खरिद गर्दा एसएमएसमार्फत प्राप्त कोडलाई एपमा राखेर दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी १० लाख रुपैयाँसम्म जित्न सक्ने छन् ।


Back_to_top