यस्तो छ पूर्णरुपमा नेपालमा बनेको दुई मोटरसाइकलको मूल्य र विशेषता

काठमाडौं । यात्री मोटरसाइकलले उत्पादन गरेको दुई मोडल ‘पी-० र पी-१’ को मूल्य निर्धारण भएको छ । कम्पनीले बुधबार र बिहिबार काठमाडौंमा टेष्ट ड्राइभ कार्यक्रमको आयोजनागरि आफ्ना दुई मोडल तयार भएको जानकारी दिएको थियो ।

नेपाली युवा इन्जिनियरको टिमले नेपालमा नै डिजाइन र उत्पादन गरेको यी दुई मोटरसाइकल इलेक्ट्रीक पावरबाट चल्ने छन् । यी दुई मध्ये पी-० कम्पनीले एक वर्षअघि नै प्रटोटाइप देखाएको मोडल हो । यसको ५० यूनिट उत्पादन गर्नेगरि कम्पनीले बुकिङ लिएको थियो । नयाँ मोडल पी-१ भने आजैबाट ग्राहकले बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

यात्रीको पी-१ मोटरसाइकलले १९ पीएस पावर र ९० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । चेन ड्रइभ सिस्टममा तयार भएको पी-१ मोडलमा ठूलो स्पोर्केट प्रयोग गरिएको छ । स्टाइल बडी फ्रेममा तयार भएको यो एड्भेन्चर मोटरसाइकलमा १७ इन्चको टायर प्रयोग गरिएको छ ।

यात्री पी-० को विषयमा भने कम्पनीले धेरै कुरा बाहिर ल्याइसकेको छ । पी-०मा प्रयोग भएको इलेक्ट्रीक मोटरले ६४ पीएस पावर र १२० एनएम टर्क प्रदान गर्नेछ ।

यस मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । यसलाई दुई घन्टामा नै ३.३ किलोवाट क्षमताको चार्जरले फुल चार्ज गर्छ । मोटरसाइकलले सून्यदेखि ६० किलोमिटरको स्पीड केवल २.५ सेकेन्डमा भेट्टाउन सक्ने कम्पनीले दाबी गरेको छ । यसको उच्चगति क्षमता भने १४० किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले पी-० मोडलमा ७ इन्चको टिएफटी डिस्प्ले दिएको छ । फोरजी सपोर्ट, किलेस स्टार्ट, नेभिगेशन जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

अगाडि ४३ एमएम आरसीपी एड्जस्टेवल यूएसडी फर्क र पछाडि आरसी एड्जस्टेवल नाइट्रोजन-चार्जड मोनोशक सस्पेन्सन दिइएको छ ।

अगाडि ३२० एमएम डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध रहने छ । यसमा १७ इन्चको टायर प्रयोग गरिएको छ । कम्पनीले यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र १४०० एमएमको ह्वीलवेस दिएको छ ।

यस्तो छ दुबै मोडलको मूल्य

यात्री मोटरसाइकल कम्पनीले आफ्नो पहिलो प्रोजेक्ट ‘पी-०’को मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखेको छ भने पी-१को मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको छ ।


Back_to_top