५ उत्कृष्ट मोडल डिजाइन गरेका प्रताप बोसले छाडे टाटा

काठमाडौं । टाटा मोटर्सको नयाँ डिजाइनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रताप बोसले टाटा मोटर्स छाडेका छन् । उनको नेतृत्वमा कम्पनीले टियागो, नेक्सन, एच फाइभ, सफारी र अल्ट्रोज जस्ता प्रोडक्ट बजारमा ल्याएकाे थियो ।

उनको राजिनामालाई कम्पनीले स्विकृत गरेसँगै टाटा मोटर्स यूरोपियन टेक्नीकल सेन्टरका प्रमुख मार्टिन यूलारिक लाई डिजाइन हेडमा नियुक्त गरिएको छ ।

टाटाको डिजाइनलाई आमूल परिवर्तनगरि आधुनिक डिजाइनमा प्रबेश गराएका बोसले सन् २०१७ मा टियागोबाट आफ्नो क्षमता प्रस्तुत गरेका थिए । टियागो टाटाको ह्याचव्याक कार हो । यसलाई ग्राहकले यति धेरै मनपराए जसको कारण टियागो टाटाको सर्वाधिक विक्री हुने कारमा लामोसमय रहन सफल भयो । अहिले पनि टियागो टाटाको सफल ह्याचव्याकमा पर्छ ।

बोसको डिजाइन नेतृत्वमा सन् २०१८ मा सब फोर मिटर एसयूभी नेक्सन बजारमा आयो । नेक्सनको डिजाइन यो सेग्मेन्टमा रहेका अन्य प्रतिस्पर्धीभन्दा पनि उत्कृष्ट मानिन्छ । यसको विक्री यसरी बढ्दै गएको छ कि हरेक महिना उत्कृष्ट व्यापार गर्दै आएको छ । नेक्सन टाटाको गेम चेन्जर प्रोडक्टको रुपमा स्थापित भएको छ ।

टाटा एच फाइभ र नयाँ सफारी उनको नेतृत्वमा तयार भएको एसयूभी हुन् । एच फाइभ ५ सिट क्षमताको एसयूभी हो भने सफारी ७ सिट क्षमताको एसयूभी हो । यी दुबै मोडल उत्कृष्ट डिजाइनको कारण चर्चामा रहेका छन् ।

बोसकै नेतृत्वमा तयार भएको टाटाको प्रिमियम ह्याचव्याक कार अल्ट्रोजले उत्कृष्ट डिजाइनमा थुप्रै अवार्ड हात पार्न सफल भएको छ ।
यी ५ मोडलको डिजाइनबाट चर्चाको शिखरमा पुगेका प्रताप बोसले आफ्नो क्यारियरमा नयाँ उचाई खोज्न टाटा छाडेको जानकारी दिएका छन् ।


Back_to_top