काठमाडौं । इटालियन कम्पनी अप्रिलाले दुई वटा मोटरसाइकल एकै पटक सार्वजनिक गरेको छ । १२५ सीसी क्षमताका आरएस १२५ र टुनो १२५ सार्वजनिक गरेको हो ।
अबको केहि महिनापछि यी मोटरसाइकललाईको विक्री सुरु हुने कम्पनीले जनाएको छ । यी दुबै मोटरसाइकल अहिले पनि विक्री वितरणमा रहेका छन् । तर, कम्पनीले यसको बडी डिजाइन र अगाडिको लुक्समा पूर्ण परिमार्जन गर्दै बजारमा ल्याउन लागेको हो ।
यूरो ५ मापदण्डको इन्जिन प्रयोग भएको दुबै मोटरसाइकलमा १२५ सीसीको इन्जिन रहेको छ । उक्त इन्जिनले १५.२ पीएस पावर प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स प्रयोग भएको छ । औषतमा अन्य कम्पनीले निर्माण गर्ने १५० सीसी बराबरको पावर हो ।
कम्पनीले केहि समयअघि नेपालमा सार्वजनिक गरेको एसएक्सआर १६० को जस्तै लुक्समा अगाडिको भाग देखिएको छ ।


