फक्सवागनले देखायो ‘आईडी फोर जिटीएक्स’

काठमाडौं । जर्मन कार निर्माता कम्पनी फक्सवागनले ‘आईडी फोर जिटीएक्स’ को फिचर सार्वजनिक गरेको छ । कम्पनीले यसअघि अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको आईडी फोरको तुलनमा जिटीएक्स मोडल निकै पावरफुल निर्माण गरेको हो ।

यसअघि विक्री गर्दै आएको आईडी फोर मोडलको अधिकतम २०१ हर्स पावर थियो भने जिटीएक्स मोडल २९५ हर्स वार प्रदान गर्ने क्षमता राख्छ । आईडी फोरमा पछाडि मात्रै सिंगल मोटर प्रयोग गरिएको छ भने जिटीएक्समा अगाडि र पछाडि नै मोटर दिइएको छ । त्यसैले यो मोडल रेगुलर मोडलको तुलनामा पावरफुल भएको हो ।

नयाँ जिटीएक्स मोडलको तिब्रगति क्षमता पनि धेरै रहेको छ । रेगुलर मोडलले सून्यदेखि १०० किलोमिटरको रफ्तार भेट्न ८.५ सेकेन्ड लगाउथ्यो भने जिटीएक्स मोडलले ६.२ सेकेन्डमा नै भेट्टाउने छ । यसको टप स्पीड क्षमता पनि बढेको छ । रेगुलर मोडलको उच्चगति क्षमता १६० किलोमिटर प्रतिघन्टा रहेको थियो भने जिटीएक्सको १८० किलोमिटर प्रतिघन्टा रहेको छ ।

कम्पनीले आईडी फोर जिटीएक्स मोडलमा ७७ किलोवाट आवर क्षमताको व्याट्री प्याक दिएको छ । यसलाई एक पटकको फुल चार्जमा ४८० किलोमिटर गुडाउन सकिन्छ । जुन रेगुलर मोडलको तुलनामा २० किलोमिटर कम रेञ्ज हो ।

कम्पनीले जिटीएक्समा २० इन्चको अलोय ह्वील, एलइडी म्याट्रीक्स हेडल्याम्प, इन्टेक ग्रिल, ब्ल्याङ्केट स्पोइलर जस्ता फिचर दिइएको छ । कारमा एम्बीयन्ट लाइट, हिटेड स्टेरिङ पाउन सकिन्छ ।


Back_to_top