निषेधाज्ञा खुलेपछि मोटरसाइकल किन्ने सोच छ ? यी ५ कुराको तयारी गर्नुहोस्

काठमाडौं । स्थानिय सरकारले हिजोबाट निषेधाज्ञा जारी गरेको छ । एक हप्ताको लागि जारी भएको निषेधाज्ञा बढ्न सक्ने यसअघि नै संकेतहरु बाहिर आएका छन् ।

कोभिड १९ को संक्रमण बढ्न थालेसँगै आफ्नै सानो मोटरसाइकल भएपनि किन्न चाहनेहरु बढेका छन् । यस्तोमा तपाईँ पनि लकडाउन सकिएपछि नयाँ मोटरसाइकल किन्ने सोच बनाउँदै हुनुहुन्छ भने लकडाउनमा बस्दा केहि तयारी गर्न सक्नु हुन्छ ।

१. कस्तो मोटरसाइकल किन्ने छनोट गर्नुहोस्ः अहिले बजारमा उपलब्ध नेकेड, एड्भेन्चर, स्पोर्टस् कस्तो डिजाइनको मोटरसाइकल तपाईँको आवश्यकता हो । त्यहि अनुसार बजारमा उपलब्ध मोडल छनोट गर्न सक्नु हुन्छ । धेरै कम्पनीहरुले अनलाइनबाट मोटरसाइकल बुकिङ गर्न सक्ने बनाएका छन् । यस्तोमा तपाईँको छनोट अनुसारको मोटरसाइकल पाएको खण्डमा बुकिङ पनि गर्न सक्नु हुन्छ ।

२. बजेट अनुसारको मोटरसाइकल छान्नुहोस्ः कोभिड १९ को कारण अर्थतन्त्रमा गम्भिर असर परेको छ । यसले तपाईँको मासिक कमाइमा पनि असर पर्न सक्छ भन्ने कुरालाई हेक्का राख्दा राम्रो हुन्छ । यदि धेरै ऋण गरेर मोटरसाइकल किनेको खण्डमा भोलि मासिक किस्ता तिर्न कठिनाइ पर्नसक्छ भन्ने विषयलाई ध्यानमा राखेर आफ्नो आवश्यकताको साधन छनोट गर्नुहोस् ।

३. सकभर छनोट अघि टेष्ट ड्राइभ गर्नुहोस्ः मोटरसाइकल किन्नुअघि त्यसको टेष्ट ड्राइभ गर्नु पर्छ । अहिले नै तपाईँले अनलाइनबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्नु हुन्छ । आफुले किन्न चाहेको सेग्मेन्टमा फरक दुई भन्दा बढी ब्राण्डको मोटरसाइकल टेष्ट ड्राइभ बुक गर्दा राम्रो हुन्छ ।

४. ब्राण्डको सर्भिसको विषयमा बुझ्नुहोस्ः नेपालमा थुप्रै ब्राण्डको मोटरसाइकल उपलब्ध रहेका छन् । केहि ब्राण्डले धेरै विक्री र सर्भिस नेटवर्क विस्तार गरेका छन् भने केहि ब्राण्डको सिमित स्थानमा सर्भिस उपलब्ध रहेको छ । यस्तोमा सकभर धेरै सर्भिस नेटवर्क भएको ब्राण्ड छनोट गर्नु उपयुक्त हुन्छ ।

५. रिसेल भ्यालु हेर्नुहोस्ः बजारमा उपलब्ध सबै ब्राण्डको रिसेल भ्यालु राम्रो छैन । केहि ब्राण्डको रिसेल निकै राम्रो छ भने केहि ब्राण्डका पुराना मोटरसाइकल भनेको समयमा बेच्नसमेत सकिदैन । त्यसैले मोटरसाइकल छनोट गर्दा उच्च रिसेल आउने ब्राण्ड रोज्नु वुद्धिमानी हुन्छ ।


Back_to_top