सुजुकी वर्गम्यान स्ट्रीटको इलेक्ट्रीक मोडल तयार

काठमाडौं । अहिले दुई पाङ्ग्रे सवारी साधन उत्पादक कम्पनीहरु इलेक्ट्रीक उत्पादन बजारमा ल्याउन जुटेका छन् । भारतीय दुई ठूला उत्पादक बजाज र टीभीएसले अघिल्लो वर्ष इलेक्ट्रीक स्कुटर बजारमा ल्याएसँगै अन्य कम्पनीले पनि तयारी गरेका थिए । यस्तो सुजुकीले आफ्नो म्याक्सी डिजाइनको स्कुटर वर्गम्यान स्ट्रीटलाई इलेक्ट्रीकमा काम भइरहेको जनाएको थियो ।

बजाजले आफ्नो पुरानो चर्चित स्कुटर चेतक तथा टीभीएसले आईक्यूब इलेक्ट्रीक स्कुटर बजारमा ल्याएका थिए । अब यहि क्रमलाई पक्षाउदैसुजुकीले बर्गम्यान स्ट्रीट बजारमा ल्याउन लागेको हो ।

मिडिया रिपोर्टका अनुसार बर्गम्यान इलेक्ट्रीक स्कुटरलाई दिल्ली एनसीआरको सडकहरुमा परिक्षण भइरहेको छ । तस्वीरमा देखिए अनुसार यो इलेक्ट्रीक स्कुटर नीलो र सेतो रंगको दुई कलर अप्सनमा रहेको छ । स्कुटरको अगाडि भागमा टेलिस्कोपिक फर्क र पछाडि दुवैतर्फ सक दिइएको छ । यसले स्कुटरमा प्रयोग भएको लिथियम आयोन व्याट्रीको भार वहन गर्ने छ । यसमा प्रयोग भएको अलोय ह्वील भने रेगुलर आईसी इन्जिनको जस्तै रहेको छ ।

यस स्कुटरमा अगाडि र पछाडि दुवै तर्फ एलइडी हेडल्याम्प तथा एलइडी टेलल्याम्प रहेको छ । यसमा व्लुटुथ कनेक्टीभीटी सहितको फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ । जसमा ह्वाट्सएप अलर्ट, एसएमएस अलर्ट, टर्न वाइ टर्न न्याभिगेशन, चार्जको अवस्था, चालकको अवस्थाको जानकारी पाउन सकिने छ ।

यसको पावरट्रेनको डिटेल सार्वजनिक नभएता पनि यस स्कुटरमा ३ देखि ४ किलोवाट आवरको व्याट्री प्याक तथा ५ देखि ६ किलोवाटको इलेक्ट्रीक मोटर प्रयोग भएको आँकलन गरिएको छ । एकपटकको फुल चार्जमा ९० किलोमिटरको रेञ्ज र ८० किलोमिटर प्रतिघण्टाको उच्चगतिमा यसलाई गुडाउन सकिने अनुमान गरिएको छ ।


Back_to_top