कोभिडकै बीच खुल्यो ‘क्यास अन ह्वील’, कारदेखि मोटरसाइकलसम्म किन्न र बेच्न सकिने

काठमाडौं । कोभिडको कारण सबैजसो सवारी साधन विक्रेता कम्पनीहरु बन्द रहेको बेला पनि क्यास अन ह्वील नामक अनलाइन प्लेटफर्म सावरीसाधन डेलिभरि गरिरहेको छ ।

कम्पनीले कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा रहेर काम गर्नेहरुलाई यो सुबिधा प्रदान गरिरहेको हो । क्यास अन ह्वीलले नयाँ इलेक्ट्रीक स्कुटरहरु पनि उपलब्ध गराउँदै आएको छ ।

क्यास अन ह्वीलले फ्रन्टलाइन वर्कसहरुलाई निषेधाज्ञाको समयमा समेत सर्भिस उपलब्ध गराएको जनाएको छ । कम्पनीले स्पेशल डिस्काउन्ट समेत प्रदान गर्दै आएको जानकारी दिएको छ ।

के हो क्यास अन ह्वील ?

कोभिड-१९ सुरु भएपछि विश्वभरि नै महामारिको अवस्था भयो । सामाजिक दुरी कायम गर्नु पर्ने बाध्यता संसारभर नै आइपर्यो । सो अवधिमा विश्वले नै भर्चुअल क्षेत्रमा निकै फड्को मार्यो । भौतिक रुपमा गरिने धेरैजसो कारोबारहरुलाई अनलाइन प्रविधिमा लगियो ।

सबैजसो क्षेत्र अनाइन माध्यममा परिणत भइसकेको अबस्थामा भने अटो क्षेत्रमा यसको प्रवल सम्भावना रहेको थियो । यहि बिषयलाई मध्यनजर गर्दै मानिसहरुको आवस्यकतालाई ‘क्यास’ गर्न क्यास अन ह्वीलको स्थापना नेपालमा समेत भयो ।

नेपालमा नै अटो खरिद विक्री गर्ने पहिलो आधिकारिक अनलाइन प्लेटर्फम क्यास अन ह्वील भएको कम्पनीका कन्ट्री हेड मोहन भन्डारीले दावी गरे ।

कसरी हुन्छ सवारी किन बेच

कुनै व्यक्तिले आफुले प्रयोग गरेको सवारी साधन बिक्री गर्न चाह्यो भने उसले रिकन्डिसन कम्पनीलाई सम्झिन्छ । तर, त्यहाँ जाँदैगर्दा आफ्नो सवारी साधनको उचित मूूल्य पाइन्छ वा पाइदैन भन्ने चिन्ता हुनु स्वभाविक नै हो । अझै बेच्ने ग्राहकभन्दा किन्ने ग्राहकमा यो समस्या धेरै भएको हाम्रो अध्ययनले देखाएको छ । वर्षौं मिहिनेत गरेर कमाएको धन कमसल सवारी साधनमा फस्ने हो कि भन्ने चिन्ता उनीहरुलाई हुन्छ । तर, क्यास अन ह्विलले यी सबै चिन्तालाई समाधान गर्नेगरि सेवा दिइरहेको कम्पनीका कन्ट्री हेड मोहन भण्डारी बताउँछन् ।

ग्राहकले आफ्नो सवारी साधनको भ्यालुएसन अनलाइन बाट नै गर्न सक्ने सुबिधासमेत क्यास अन ह्वीलमा रहेको छ । यसको लागि cashonwheel.com मा गएर आफ्नो सवारी साधनको सम्पुर्ण डिटेल जानकारी अपडेट गरे पश्चात अनलाईन बाटै भ्यालुएसन प्राप्त गर्न सकिने सुबिधा समेत रहेको छ ।

कम्पनीले यी सबै काम गरे वापत कुनै पनि कमिसन नलाग्ने जनाएको छ । कम्पनीका अनुसार ३० लाखभन्दा बढीको गाडीमा ५० हजार रुपैयाँ र त्योभन्दा कम मूल्यको गाडीमा २५ हजार शुल्क लिने गरेका छौं । त्यसबाहेक अरु कुनै लागत तिर्नु पर्दैन । ग्राहकले पाएको मूल्य, तिरेको कमिसन, सरकारी राजश्व, मर्मत लगायत सबै खर्चहरु पारदर्शी हुने कम्पनीले जनाएको छ ।

गाडी विक्री पश्चात ग्राहकले पाउने रकम कम्पनीले तुरुन्तै ग्राहकको बैंक खातामा ट्रान्सफर गरिदिने जनाएको छ । किन्ने ग्राहकले पनि पास भएर ढुक्कसँग गाडी पाउने छन् ।


Back_to_top