काठमाडौं । टाटाले आफ्नो सबैभन्दा कम मूल्यको एसयूभी तयार गरेको छ । संभवत हर्नविल नामबाट बजारमा आउने अनुमान गरिएको नयाँ माइक्रो एसयूभीको तस्विर निकै लोभलाग्दो देखिएको छ ।
आगामी भदौ अन्तिम वा असोजको पहिलो हप्तासम्ममा भारतमा यसको विक्री सुरु हुने अनुमान गरिएको छ । कम्पनीले यसको कन्सेप्ट भने एचबीएक्स नामबाट गरेको थियो । भारतमा विक्री सुरु भएको केही महिना भित्रै यो एसयूभी नेपाल पनि आउने छ । नेपालमा यसलाई नेक्सनभन्दा कम मूल्य निर्धारण गरिने अनुमान छ ।
टाटा नेक्सनभन्दा कम मूल्य र थोरै छोटो साइजमा रहने यो एसयूभीलाई कम्पनीले माइक्रो एसयूभी भनेको छ । मोटोबीम डट कमले टाटाको प्लान्ट बाहिर राखिएको अवस्थामा यसको तस्विर बाहिर ल्याएको छ । निकै आकर्षक डिजाइनमा देखिएको यो एसयूभीमा स्प्लीट हेडल्याम्प क्लष्टर, फराकिलो एयर इन्टेक, गालो आकारको फगल्याम्प, एलइडी टेलल्याम्प जस्ता आकर्षक फिचर देख्न सकिन्छ ।
पछाडिको पिलर कालो रङमा देख्न सकिन्छ । ड्यूल टोन कलर, रुफरेल, ड्यूल टोन अलोय ह्वील, ह्वील आर्क क्याललिङ, एलइडी टेलल्याम्प जस्ता फिचर उपलब्ध रहेको देख्न सकिन्छ ।
यसको इन्टेरियरमा धेरै फिचर टाटा अल्ट्रोज र नेक्सनबाट लिइएको अनुमान गरिएको छ । १.२ लिटर इन्जिनमा आउने यो नयाँ एसयूभी अटोमेटिक र म्यानुयल दुबै गियरबक्समा उपलब्ध हुने छ ।


