भारतमा टोयोटाले ल्याउँदै नयाँ सेडान कार बेल्टा, यस्तो रहेन छ फिचर

काठमाडौं । टोयोटा किर्लोस्कर मोटरले भारतमा मारुती सुजुकी सियाजमा आधारित नयाँ सेडान कार ल्याउने भएको छ । जापानी कार निर्माता कम्पनी टोयोटाले टोयोटाले भारतमा यारिसको विक्री बन्द गर्दै नयाँ सेडान कार बेल्टा ल्याउन लागेको हो ।

टोयोटा र सुजुकी बीचको सहकार्यले भारतमा तिब्रता लिँदै गएको छ । यसअघि मारुती सुजुकी बलेनोमा आधारित ग्लान्जा ह्याचव्याक र कम्प्याक्ट एसयूभी ब्रेजालाई अर्वान क्रुजरको नामबाट टोयोटाले विक्री गर्दै आएको छ । टोयोटाले हालै मात्र बेल्टा नामको ट्रेडमार्क समेत भारतमा दर्ता गरेको छ ।

कम्पनीले बेल्टामा सियाजकै १.५ लिटर नेचुरल एस्पायर्ड फोर सिलिण्डर पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले १०५ पीएस पावर तथा १३८ न्यूटन मिटरको टर्क उत्पादन गर्छ । यस कारमा एसएचवीएस माइल्ड हाइब्रिड सिस्टम समेत रहने छ । यसमा ५ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटिक गियरबक्स अप्सन ग्राहकले पाउने छन् ।

टोयोटा बेल्टा कहिले बजारमा आउँछ भन्ने कम्पनीले आधिकारीक जानकारी दिएको छैन । मिडिया रिपोर्टहरुका अनुसार आगामी चाडपर्वको सिजनमा यो बजारमा आउने छ ।


Back_to_top