आइतबारदेखि रेनो काइगरको बुकिङ खुल्ने, मूल्य म्याग्नाइटभन्दा एक लाख सस्तो

काठमाडौं । रेनोले भारतमा उत्पादन गरेको काइगरको आइतबारदेखि नेपालमा बकिङ खुल्ने भएको छ । नेपालमा बहुप्रतिक्षित रेनो सब फाेर मिटर एसयुभी काइगरको बुकिङ सुरु हुने भएको हो ।

विशेषत युवा पुस्तालाई ध्यानमा राखेर तयार भएको काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर नयाँ एसयूभीमा पाउन सकिन्छ ।

छतमा दिइएको स्पोइलर र सार्क फिन एन्टेना काइगरलाई स्पोर्टी देखाउन निकै सहयोगी भएको देखिन्छ । कम्पनीले यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । जसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचर काइगरमा पाउन सकिन्छ ।

विभिन्न ६ फरक कलर भेरियन्टमा उपलब्ध हुने काइगरमा १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिन अप्सन उपलब्ध रहने छ । यसलाई ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्समा ल्याएको छ ।

बजारमा सब फोर मिटर सेग्मेन्टमा उपलब्ध हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, एक्सयूभी ३०० र निसान म्याग्नाइटसँग यसको सिधा प्रतिस्पर्धा हुने छ ।

रेनोको लागि नेपालको आधिकारीक वितरक एडभान्स अटोमोवाइलले यसको मूल्य २८ लाख ४९ हजार निर्धारण गरेको छ । कम्पनीले कुन कुन भेरियन्ट ल्याएको छ भन्ने विषयमा जानकारी दिएको छैन । रेनाे काइगर नेपालमा उपलब्ध सबैभन्दा सस्तो एसयूभी भएको छ ।


Back_to_top