काठमाडौं । यामाहाको नयाँ मोटरसाइकल एफजेड एक्स सार्वजनिक भएको छ । जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाले भारतमा रेट्रो डिजाइन एफजेड एक्स सार्वजनिक गरेको हो ।
एफजेड एक्स यामाहाको चर्चित मोटरसाइकल एफजेडएस भी ३मा आधारित रेट्रो डिजाइन मोटरसाइकल हो । एफजेड एक्स रेट्रो लुक मोर्डन टेक्नोलोजिमा आधारित रहेर निर्माण गरिएको छ । यसमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेड ल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजि आधारित धेरै फिचर रहेको छ ।
कम्पनीले यसमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल दिएको छ । एफजेड एक्समा कम्पनीले ब्लुटुथ भेरियन्टसमेत दिएको छ । ग्राहकले ब्लुटुथ कनेक्टिभिटी भएको मोटरसाइकलको मूल्य ३ हजार धेरै तिर्नु पर्ने हुन्छ । यस्तै यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।
यसका अलावा एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।
कम्पनीले एफजेड एक्सको मूल्य १ लाख १७ भारतीय रुपैयाँ निर्धारण गरेको छ । यसको ब्लुटुथ भर्सनको मूल्य भने १ लाख २० हजार भारतीय रुपैयाँ रहेको छ । आगामि महिना यसको डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ ।

