काठमाडौं । सब फोर मिटर एसयूभी सेग्मेन्टमा मारुती सुजुकी, हुन्डाई, टाटा, फोर्ड, रेनो, निसान, महिन्द्रा र होन्डाले नेपाली बजारमा एसयूभी विक्री गर्दै आएका छन् । यस्तोमा टोयोटाले पनि यही सेग्मेन्टमा नयाँ एसयूभी बजारमा ल्याउने संभावना बढेको छ ।
टोयोटाले अघिल्लो वर्षदेखि जापानमा विक्री सुरु गरेको राइज इन्डोनेशियामा विक्री सुरु गरेको छ । अहिले पनि टोयोटाले रस इन्डोनेशियाबाट नेपाल आयात गर्दै आएको छ । यस्तोमा कम्पनीले नयाँ मोडल राइज नेपाल ल्याउने संभावना बढेको हो । राइज नेपाल आउने हो भने यो नै टोयोटाको इन्ट्री लेवल एसयूभी हुनेछ ।
टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले राइज नेपाल ल्याउन टोयोटा जापानसँग कुरा गरिरहेको बुझिएको छ । कुन मितिमा नेपाल आउने छ भन्ने विषय अहिले टुङ्गोमा पुगेको छैन ।
इन्डोनेशिया स्पेक राइजमा १.२ लिटर क्षमताको नेचुरल एस्पायर्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८८ पीएस पावर र ४५०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्छ । साथै, यसको १.२ लिटर टर्बो इन्जिन अप्सन पनि उपलब्ध रहेको छ । टर्बो इन्जिनले ९८ पीएस पावर र १४० एनएम टर्क प्रदान गर्ने बताइएको छ ।

राइजमा ५ स्पीड म्यानुयल र सिभीटी अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । ४ मिटरभन्दा छोटो साइजमा आउने राइजको लम्बाई ३९९५ एमएम, चौडाई १६९५ एमएम र उचाई १६२० एमएम रहेको छ । यसमा ३६९ लिटर क्षमताको बुट स्पेश दिइएको छ ।
सुरक्षा फिचरमा कम्पनीले कुनै सम्झौता नगरि फिचरहरु प्रदान गरेको छ । यसमा कम्पनीले व्लाइन्ड स्पोर्ट मनिटरिङ, कर्नरिङ ल्याम्प, स्मार्ट पार्किङ सिस्टम, एडप्टीङ ड्राइभिङ बीमसहितको एलइडी हेडल्याम्प, क्रुज कन्ट्रोल, डियुल एयरव्याग, कटन एयरव्यागजस्ता फिचर सबै भेरियन्टमा दिइएको छ ।

कम्पनीले राइजको टप भेरियन्टमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । रिभर्स पार्किङ क्यामेरा डिस्प्ले सहितको ८ इन्चको टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, १७ इन्च अलोय ह्वील, रुफरेल, एलइडी टेलल्याम्प जस्ता विशेषता यसमा समेटिएको छ ।

