मोटरहेड बाइकको प्रि-बजेट अफरः नगद छुट र कोभिड केयर गिफ्ट

काठमाडौं । मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले निषेधाज्ञाको मोडालिटि परिवर्तन भएसँगै प्रि–बजेट अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत मोटरहेडका बाइक नगदमा खरिद गर्दा १० हजार, फाइनान्समा ७ हजार र एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ छुट प्रदान गरिने गर्ने भएको हो ।

नगद र फाइनान्समा खरिद गर्दा ग्राहकले आगामी वर्षको कर समेत छुट प्राप्त गर्ने र नगद फाइनान्स र एक्सचेन्ज जुनसुकै प्रकारले भए पनि बाइक खरिद गर्ने ग्राहकले कोभिड केयर गिफ्ट उपलब्ध गराइने एसएलआर टेक्नो एन्ड ट्रेडले जनाएको छ ।

मोटरहेडको प्रि–बजेट अफर आगामी असार ३१ सम्म लागू हुनेछ । काठमाडौं उपत्यकाको धोविद्धाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत सो अफर प्राप्त गर्न सकिने छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मूल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ । अपग्रेड भएर आए पश्चात एमएच १५० आरको मूल्यमा केही वृद्धि हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top