हुन्डाई ‘शान्ता-फे’को २०२१ मोडल नेपाल आयो, पेट्रोल इन्जिन मुख्य आकर्षण (मूल्यसहित)

काठमाडौं । हुन्डाईको मिडसाइज प्रिमियम एसयूभी ‘शान्ता-फे’को फेसलिफ्ट मोडल नेपाल आएको छ । हुन्डाईले सन् २०२१ को सुरुवातमा नै शान्ता-फेको फेसलिफ्ट मोडल अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु गरेको थियो ।

नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सान्ता-फे विगत लामो समयदेखि नेपालमा विक्री वितरण गर्दै आएको मोडल हो । नेपाली बजारमा सन् २००४ देखि नै उपलब्ध रहेको शान्ता-फेको २०२१ मोडलमा थुप्रै परिमार्जन पाउन सकिन्छ ।

यसअघि कम्पनीले मुख्यत फेसलिफ्ट मोडलमा ग्रिल, हेडल्याम्प, टेलल्याम्प लगायतमा परिमार्जन गर्ने गरेको भएपनि यस पटक शान्ता-फेको इन्टेरियरमा ठूलो परिमार्जन पाउन सकिन्छ ।

कम्पनीले नयाँ शान्ता फेमा स्लीक हेडल्याम्प, नयाँ स्टाइलिस क्रोमसहितको ग्रिल पाउन सकिन्छ । साथै, हुन्डाईले यसमा दिएको भित्री स्पेश, फ्लोटिङ टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, पहिलेको तुलनामा आकर्षक १२ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ड्यूल टोन इन्टेरियर मुख्य आकर्षण हुन् । नयाँ इन्ट्रुमेन्ट क्लष्टरले चालकलाई चाहिने सूचना पहिलेको तुलनामा निकै सहज तरिकाले हेर्न सकिने छ ।

थुप्रै सुरक्षा फिचरको साथ आएको नयाँ शान्ता-फेमा अटोमेटेड इमर्जेन्सी ब्रेकिङ, एडप्टीभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, रियर क्रस ट्राफिक कोलिसन एभ्वइडेन्स एसिस्ट, रिमोर्ट स्मार्ट पार्किङ एसिस्ट, हाइवे ड्राइभ एसिस्ट लगायत रहेका छन् ।

पहिलो पटक शान्ता-फे पेट्रोल इन्जिनमा नेपाल आएको छ । २४९७ सीसी क्षमताको पेट्रोल इन्जिन नेपालको लागि नयाँ हो । साथै, पहिले कै २१५१ सीसी क्षमताको डिजेल इन्जिनमा पनि नयाँ शान्ता-फे आएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पेट्रोल इन्जिन युक्त शान्ता-फे जिएलएस अटोमेटिक (एटी)को मूल्य १ करोड ६८ लाख ९६ हजार तोकेको छ भने, डिजेल भेरियन्टमा जिएल एटीको मूल्य १ करोड ६५ लाख ९६ हजार र जिएलएस एटीको मूल्य १ करोड ८८ लाख ९६ हजार रुपैयाँ कायम गरेको छ । सम्भवत आगामी हप्ताबाट यसको आधिकारीक विक्री सुरु हुनेछ ।


Back_to_top