कस्तो कार किन्ने ? ह्याचव्याक कि एसयूभी

काठमाडौं । विशेषत कार किन्ने मानिसले अहिले गर्ने चर्चा भनेको ह्याचव्याक किन्ने कि एसयूभी भन्ने हुने गरेको छ । सन् २०१३ पछि नेपालमा कम्प्याक्ट र सब कम्प्याक्ट एसयूभीहरुको विक्री बढेको हो ।

मुख्यतया पहिलो गाडी किन्ने मानिसको रोजाईमा ह्याचव्याक कार पर्ने गरेको छ भने दोस्रो गाडी किन्ने मानिसले एसयूभी रोज्ने गरेका छन् । यसो हुनुको मुख्य कारण गाडीको साइज हो ।

पहिलो गाडी किन्ने मानिसले सकभर सानो साइजको गाडी नै किन्न रुचाउँछन् । त्यसैले केही वर्षअघिसम्म नेपालमा ह्याचव्याक कारको विक्री उल्लेखिय थियो । आई १०, ग्राण्ड आई १०, स्वीफ्ट, सेलेरियो, अल्टो, पुन्तो, टियागो, जस्ता मोडल सर्वाधिक धेरै विक्री हुने गरेका थिए ।

पछिल्लो समय सडक राम्रो अवस्थामा भएका स्थानको मानिसको रोजाईमा प्रिमियम ह्याचव्याक कार पर्ने गरेको छ । योसेग्मेन्टमा हुन्डाई आई२०, मारुती सुजुकी बलेनो, टाटा अल्ट्रोज र फक्सवागन पोलो नेपालमा विक्री हुँदै आएका छन् । यी गाडी उत्कृष्ट डिजाइन र आरामदायी फिचरले भरिएका हुन्छन् ।

अहिले समय फेरिएको छ । ह्याचव्याकको भन्दा सब कम्याक्ट एसयूभीको चर्चा धेरै हुन्छ । विक्री पनि धेरै हुन्छ । मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी ३००, किया साेनेट, निसान म्याग्नाइट, रेनो काइगर जस्ता मोडल यो सेग्मेन्टमा उपलब्ध रहेको छ ।

अझ, योभन्दा माथिको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा जानेको संख्या पनि क्रमशः बढ्दै गएको छ । यो सेग्मेन्टमा हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स, एमजी जेडएस, महिन्द्रा स्कर्पियो जस्ता मोडल उपलब्ध रहेका छन् । यी सबै मोडलको विक्री राम्रो संख्यामा हुँदै आएको छ ।

ह्याचव्याकको विक्री घट्दै गएको भएपनि सेडान जस्तो यसलाई चाहनेहरुको संख्यामा कमी भने आउने देखिदैन । चलाउन सहज, सानो बडी, सानो पार्किङ स्थल, विशेषत बढ्दो महिला चालकको संख्या जस्ता कारण ह्याचव्याक अझै लामो समयसम्म सफल डिजाइन हुने देखिन्छ ।

यदि तपाई पनि नयाँ कार कुन किन्ने भन्ने दुविधामा हुनुहुन्छ भने आफ्नो पार्किङ स्थल, चलाउने तरिका, संचालन खर्च, मर्मत सम्भार खर्च जस्ता विषयमा योजना बनाएर छनोट गर्न सक्नु हुनेछ ।

अहिले विश्व बजारमा चलेको ट्रेन्ड हेर्दा लामो समयसम्म ह्याचव्याक र एसयूभी मध्य कुन छनोट गर्ने भन्ने अन्योलतामा ग्राहकमा परिरहने अनुमानगर्न सकिन्छ ।


Back_to_top