काठमाडौं । जापानी मोटर उत्पादक कम्पनी मित्शुवीसीले इलेक्ट्रीक एसयूभी एयरट्रेक सार्वजनिक गरेको छ । कम्पनीले चीनको ‘चाङ्चीङ इन्टरनेशनल अटो इन्डष्ट्री फेयर’ मा उक्त गाडी सार्वजनिक गरेको हो ।
मित्शुवीसीले एयरट्रेक एसयूभी ग्वान्जाव अटोमोवाइल कम्पनीसँगको संयुक्त लगानीमा उत्पादन गरेको हो । एयरट्रेक ग्वान्जाव अटोमोवाइल कर्पोरेशनको इलेक्ट्रीक एसयूभी ‘एवन भी’लाई केही परिमार्जन गरेर तयार गरेको हो ।
एयरट्रेकमा एल आकारको एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, ठूलो फ्रन्ट ग्रिल, उत्कृष्ट एयर इन्टेक, फ्लस टाइप डोर, नयाँ डिजाइनको अलोय ह्वील, टी आकारको टेल लाइट, रुफ माउन्टेड स्पोइलर, रुफरेल जस्ता फिचरले रहेका छन् ।
भविष्य उन्मुख इन्टेरियर डिजाइन यसको अर्को आकर्षक पक्ष हो । ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, रोटरी ड्राइभ सेन्सर, सफ्ट टच मेटेरियल प्रयोग भएको ड्यासबोर्ड यसमा पाउन सकिन्छ ।

यसमा दिइएको व्याट्री साइजको विषयमा केही जानकारी दिइएको छैन । तर, यसमा रहेको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा ५०० देखि ६८० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसमा १३५ किलोवाट क्षमताको मोटर जडान भएको छ भने यसको पीक टर्क ३५० एनएम रहेको छ ।
मित्शुवीसीले एयरट्रेकलाई सन् २०२२ मा बजारमा विक्री सुरु गर्ने जनाएको छ ।


