हुन्डाई कोना फेसलिफ्टमा यस्ता छन् परिमार्जन

काडमाडौं । हुन्डाई कोना नेपालमा सर्वाधिक चर्चित इलेक्ट्रीक कार हो । महिन्द्राको इटुओ मोडल विक्री भइरहेको समयमा नेपाल आएको कोना इलेक्ट्रीक धेरै ग्राहकको रोजाई बन्यो । कोनापछि नै किया निरो र एमजी इजेडएस नेपाल प्रबेश गरेका हुन् ।

सन् २०१९ र २०२० मा विश्वभर आयोजना भएका धेरै अवार्ड कोनाले जित्न सफल भएसँगै अन्तर्राष्ट्रिय बजारमा नै कोनाको विक्री बढेको थियो । दक्षिण कोरियाली मोटर उत्पादक कम्पनी हुन्डाईले सन् २०१७ मा पहिलो पटक बजारमा ल्याएको कोना इलेक्ट्रीकको फेसलिफ्ट सन् २०२० को अन्तिममा गरेको हो । अहिले फेसलिफ्ट कोनाको विक्री यूरोप र अमेरिकी बजारमा सुरु भएको छ । सन् २०२२ को पहिलो क्वाटरसम्ममा फेसलिफ्ट कोना नेपाल आउने अनुमान गर्न सकिन्छ ।

हुन्डाईले नयाँ कोनाको बाहिरी डिजाइनमा केही परिमार्जन गरेको छ भने भित्री भागलाई थप आकर्षक बनाएको छ । तर, यसमा दिइएको व्याट्री र मोटर साइजमा भने कुनै परिवर्तन गरेको छैन । अहिले पनि कोना ३९.२ र ६४ किलोवाट आवरको व्याट्री अप्सनमा उपलब्ध रहेको छ ।

अहिले विक्री भइरहेको कोनाको तुलनामा नयाँ मोडलमा अगाडिको ग्रिल प्यानल परिवर्तन गरिएको छ । साथै यसमा दिइएको हेडलाइट पनि रिडिजाइन गरिएको देख्न सकिन्छ । फरक किसिमको मसिनो एलइडी डे टाइम रनिङ लाइट र पछाडिको लाइटमा पनि परिवर्तन पाउन सकिन्छ ।

गाडीको भित्री भागमा झट्ट देखिने इन्फोटेन्टमेन्ट सिस्टमको साइज ठूलो बनाइएको छ । अहिले नेपालमा विक्री भइरहेको कोनामा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध छ तर, नयाँ मोडलमा १०.२५ इन्च बनाइएको छ । हुन्डाईको व्ल्यू लिङ्क कनेक्टीभीटी यसमा पाउन सकिन्छ । यसबाट भ्वाइस कमाण्ड, रिमोर्ट चार्जिङ, रिमोट क्लाइमेट कन्ट्रोलको प्रयोग गर्न सकिन्छ ।

नयाँ कोनामा सुरक्षा फिचरपनि थप गरिएको छ । जसमा व्ल्यान्डस्पर्ट एसिस्टेन्स, रियर क्रस ट्राफिक एसिस्टेन्स, सेफ एग्जीट वार्निङ, इमर्जेन्सी सर्भिस अलर्ट जस्ता फिचर थप गरिएको छ ।

कोनाको मूल्य लगायतका विषयमा जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।


Back_to_top