काठमाडौं । जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा हालै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रीक एसयूभी प्रोटोन इमास फाइभका लागि ‘रिडिफाइन योर एभ्रिडे’ नामक ‘टीभीसी फिल्म सार्वजनिक भएको छ ।
कम्पनीले ‘रिडिफाइन योर एभ्रिडे’को अवधारणालाई स्थापित गर्न टीभीसी फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरू प्रस्तुत गरेको हो ।
यस फिल्मा आफ्नो करियरको महत्वपूर्ण मोडमा रहेका एक युवा उद्यमीदेखि सिर्जनशील स्थानको खोजीमा रहेका कलाकार, कुनै ठोस योजनाबिना यात्रामा निस्किएका साथीहरू र सँगै समय बिताइरहेको परिवारसम्मका कथाहरू समेटिएका छन् । यी कथाहरूले आधुनिक सहरी जीनवका विविध वास्तविकता तथा आयामहरूलाई उजागर गर्ने कम्पनीको भनाइ छ ।
केवल प्रविधिलाई मात्र कथाको केन्द्रमा राख्नुको सट्टा, यस अभियानले इमास फाइभको फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले कसरी यी दैनिक अनुभवहरूलाई पुनःपरिभाषित गर्छन् भन्ने कुरा प्रस्तुत गर्दछ । कहिलेकाहीँ दैनिक जीवनलाई नयाँ रूप दिनु वा अर्थपूर्ण बनाउनु भनेको, सधैँ ठूलो वा विशेष परिवर्तन ल्याउनु मात्र होइन, हामीले बाँचिरहेका पलहरूलाई अलिकति बढी सहज र सुन्दर बनाउनु हो भन्ने मूल मर्म कथाले बोकेको छ ।
चारै कथाहरूको अंश समेटिएको मुख्य टीभीसी फिल्म सार्वजनिक भएसँगै आउँदा हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्महरू प्रोटोन नेपालका डिजिटल प्लेटफर्महरू मार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
प्रोटोन इमास फाइभ हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा गहकको आकर्षण बनेको थियो । साथै, राम्रो संख्यामा बुकिङ पाएको कम्पनीले जनाएको छ ।
प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध प्रोटोन इमास फाइभमा रियर-ह्वील ड्राइभ, जी ट्र्याक्सन कन्ट्रोल, सामान भण्डारण गर्ने ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल-एचडि टचस्क्रिन र भेहिकल-टु-लोड (भीटुएल) क्षमता जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन् ।


