गाडी किन्नेलाई एनएमबिको अफरः ५ वर्षसम्म व्याजदर परिवर्तन नहुने, एक दिनमै कर्जा स्विकृत

काठमाडौं । एनएमबि बैंकले ८.४९ प्रतिशत व्याजदरमा ५ वर्षसम्म व्याजदर परिवर्तन नहुनेगरी कर्जा प्रबाह गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले कर्जा आवेदन दिएको २४ घण्टाभित्र नै स्वीकृत गर्ने जनाएको छ ।

‘निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै व्याजदर रहने सरल तथा सहज योजना अघि ल्याइउको हो’, बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विद्युतीय गाडी किन्ने ग्राहकलाई भने बैंकले आफ्नो आधार व्याजदर (वेसरेट) मा नै कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । बैंकले सार्वजनिक गरेको कर्जा सुविधाबाट कम्वस्चन र विद्युतीय दुबै किसिमका गाडी किन्ने ग्राहकलाई फाइदा पुग्ने छ ।

देशभर १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको एनएमबि बैंकको अटो स्कीमबाट चाडपर्व नजिकिएको समयमा ग्राहकले फाइदा उठाउन सक्ने देखिएको छ ।


Back_to_top