तिहारअघि बजारमा आउँदै ६ नयाँ कार, धेरैमा साना इन्जिन

काठमाडौं । भारतीय कार उत्पादकहरुको लक्ष्य आफ्ना नयाँ मोडल चाडपर्वको समयमा बजारमा उतार्ने रहँदै आएको छ । वार्षिक २६ लाख यूनिटभन्दा धेरै कार विक्री हुने बजारमा तिहार पर्व विशेष महत्व राखेर मनाइने गरिन्छ ।

नेपालमा पनि भदौदेखि कार्तिकसम्म गाडी विक्री धेरै हुने गरेको छ । भारतमा उत्पादन र विक्री हुनै अधिकांश गाडी नेपालमा पनि आउने हुँदा त्यहाँ सार्वजनिक हुने गाडीको चासो नेपालमा पनि हुने गरेको छ ।

चाडपर्वको अवशरमा आउने नयाँ गाडीहरुमा टाटा, फोर्ड, फक्सवागेन, महिन्द्रा, स्कोडा, मारुती सुजुकी जस्ता ब्राण्डका नयाँ मोडल रहेका छन् ।

मूल्यका हिसावले मारुती सुजुकी र टाटाले ल्याउन लागेका दुई कार सेलेरियो र हर्नवील धेरै मानिसको पहुँचमा आउन सक्ने कार हुन् भने फक्सवागेन टाइगुन कम्प्याक्ट एसयूभी हो ।

फोर्डले आफ्नो सब फोर मिटर एसयूभी इकोस्पोर्टको फेसलिफ्ट मोडल पनि सेप्टेम्बर अन्तिम वा अगष्ट पहिलो सातामा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महिन्द्राले एक्सयूभी ७०० र स्कोडा नयाँ जेनेरेशन र्यापीड पनि बजारमा आउने छ ।

बजारमा आउने मध्ये सबैभन्दा महंगो मूल्यको कार महिन्द्रा एक्सयूभी ७०० हुने छ भने मारुती सुजुकी सेलेरियो सबैभन्दा सस्तो हुने अनुमान गर्न गर्न सकिन्छ ।

इन्जिनको हिसावले पनि सबैभन्दा ठूलो महिन्द्रा एक्सयूभी ७०० हुनेछ । यसमा २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध हुने अनुमान गरिएको छ । सेलेरियो र हर्नवील माइक्रो एसयूभीमा १.२ लिटर इन्जिन रहने छ ।

टाटा एचबीएक्स

फक्सवागेनको कम्प्याक्ट एसयूभी टाइगुन र नयाँ जेनेरेशन स्कोडा र्यापीडमा १.० लिटर टिएसआई टर्बो इन्जिन उपलब्ध रहने छ । फोर्ड इकोस्पोर्टमा भने पहिलेकै १.५ लिटर इन्जिनमा आउने छ । यी गाडी नेपाली बजारमा भने चाडपर्व सकिएपछि नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top