नयाँ जेनेरेशन ‘अतुल रीक’ नेपालमा विक्री सुरु, यस्तो छ मूल्य

काठमाडौं । नयाँ जेनेरेशन अतुल रीक नेपालमा सार्वजनिक भएको छ । भिजी अटोमोवाइल्सले राजधानीमा एक कार्यक्रम गरी अतुल अटो रिक सार्वजनिक गरेको हो ।

भारतमा निर्माण भएको अतुल कम्पनीको अटो रिक्सा नेपाल लगायत २२ भन्दा धेरै देशमा विक्री हुँदै आएको कम्पनीले जनाएको छ । अतुल रिक एड्भान्स फिचरका साथै कम्फर्टेवल र स्टायलिस रहेको कम्पनीले दावी गरेको छ ।

कम्पनीले अतुल रिकमा सुरक्षा, स्टाइल, स्पेस, बचत र मजबुदको ग्यारेन्टी गर्ने बताएको छ । यसको मूल्य ५ लाख ५५ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले यसका फिचर्सहरुले गर्दा यो नेपाली बजारमा लोकप्रिय हुने अपेक्षा गरेको छ । नयाँ जेनेरेशनको रीक चलाउँदा यसले आम्दानीमा वृद्धि हुनेसमेत कम्पनीले बताएको छ ।

कम्पनीले यो रीकमा १९८.६ सीसी क्षमताको फोर स्टोक पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ११.५ बीएच पावर र १५.८ एनएम टर्क प्रदान गर्छ । चालक सहित ४ जनाले यात्रा गर्न मिल्ने यो ट्याम्पोमा १०.५ लिटर क्षमताको इन्धन ट्याङ्की दिएको छ ।

१८५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, २७ किलोमिटर प्रतिलिटर माइलेज रहेको कारण यसलाई चलाउने मानिस स्वरोजगार बनेर मनग्य आम्दानी गर्न सक्ने कम्पनीको दावी छ ।

नेपाल सरकारले स्वरोजगार बन्ने मानिसको लागि सरल व्याजदरमा कर्जा उपलब्ध गराउने नीति लिएसँगै यसको व्यापार बढ्ने अपेक्षा गरिएको छ ।


Back_to_top