काठमाडौं । संसारकै ठूलो इलेक्ट्रीक सवारी साधन उत्पादक कम्पनी बन्ने लक्ष्यसहित ओला इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । कम्पनीले दुई मोडलको स्कुटर सार्वजनिक गरेको हो ।
ओलाले पहिलो चरणमा एस वान र एस वान प्रो गरि दुई मोडल सार्वजनिक गरेको छ । कम्पनीले एस वानको मूल्य ९९ हजार ९९९ भारतीय रुपैयाँ र एस वान प्रोको मूल्य १ लाख २१ हजार ९९९ भारतीय रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरेको हो ।
यी स्कुटरहरु एस वान को डेलिभरि अक्टोवरदेखि सुरु गर्ने जनाएको छ ।
ओला एस वानले एक पटकको फुलचार्जमा १२१ किलोमिटर रेन्ज प्रदान गर्छ भने यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ । त्यस्तै एसवान प्रोले एक पटकको फुलचार्जमा १८१ किलोमिटर रेन्ज प्रदान गर्छ । यसको टप स्पीड ११५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यस अघि यो स्कुटर एकैदिन एक लाख यूनिट बुकिङ भएर चर्चा कमाएको थियो ।
यी स्कटरमा रिभर्स मोड, हिल होल्ड, क्रुज कन्ट्रोल, ७ इन्च टचस्क्रीन जस्ता फिचर रहेको छ ।
ओलाको बहुप्रतिक्षित स्कुटर नेपालमा भित्र्याउन नेपाली व्यवसायीक घरानाहरु लागि सकेका छन् । ओलाको स्कुटर नेपाली सडकमा चाडै नै देख्न सिकिने अनुमान गरिएको छ ।

