सार्वजनिक भयो टीभीएस आरआर ३१० को नयाँ भर्सन

काठमाडौं । टीभीएस अपाचे आरआर ३१० को अपडेटेड भर्सन सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा यसको २०२१ भर्सन सार्वजनिक गरेको हो ।

कम्पनीको पहिलो फुल फियर्ड मोटरसाइकल आरआर ३१० मा केही वर्षअघि ब्ल्याक कलर र स्लीपर क्लच थप गरेर ल्याएको थियो । त्यस्तै कम्पनीले २०२० मा पनि यसलाई अपडेटेड गरेको थियो ।

सन् २०२० मा कम्पनीले यसमा राइड वाइ वायर, नयाँ भाइजर, ५ इन्च टीएफटी स्क्रीन इन्स्टुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टीभीटी, डबल टोन कलर अप्सन, मिचेलिन रोड५ टायर र चार नयाँ मोड थप गरेर ल्याएको थियो । यसमा अवार्न, ट्रयाक, स्पोर्टस र रेन मोड गरेर ४ मोड रहेको छ ।

२०२१ अपाचे आरआर ३१० मा डाइनामीक किट, रेश किट र रेड अलोय ह्वील अपडेट भएर आएका छन् । यस्तै केवाइवीको ४१ एमएम इन्भर्टेड कार्टिज टेलिस्कोपीक सस्पेन्स दिइएको छ । रियरमा मोनोशक सस्पेन्सनलाई यथावत राखिएको छ ।

यसमा कुनै मेकानिकल परिर्वतन भने गरिएको छैन । यसमा ३१३ सीसी सिंगल सिलिन्डर लिक्वीडकुल्ड इन्जिन रहेको छ । यसले अधिकतम ३४ बीएच पावरका साथै २७ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top