काठमाडाें । यामाहा मोटरसाइकलको नयाँ शोरुम बल्लुमा खुलेको छ । रिरिक अटोमोवाइल्सले बल्खुमा यामाहाको आधिकारिक शोरुम संचालनमा ल्याएको हो ।
रिसिक अटोमोवाइल्सको यो तेस्रो शोरुम रहेको छ । रिसिक अटोमोवाइल्सले यस अघि बालकुमारि र ग्वार्कोमा यामाहाको आधिकारिक शोरुम संचालन गर्दै आएको छ ।
यो शोरुम संचालन पश्चात यामाहाको देशभर ९२ वटा शोरुम पुगेको छ । उक्त कार्यक्रममा बोल्दै बिष्णु कुमार अग्रवालले भने, ‘यामाहोको नयाँ शोरुम काठमाण्डौको बल्खुमा खुलेको जानकारी गराउन पाउँदा निकै उत्साहित छु । यो शोरुमले बल्खुदेखी हेटौडासम्मका ग्राहकले सेवा प्राप्त गर्न सक्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’
शोरुममा बिक्रिको साथै स्पेयर पाटर््स र सर्भिसका सेवाहरु पनि उपलब्ध छन् । यस शोरुमको सर्भिस सेन्टरमा यामाहा एफ आई स्टेसन पनि रहेको छ जहाँ एफ आई प्रबिधियुक्त बाइकहरुको नवीन प्रविधिद्धारा जाँच गरी हेल्थ कार्ड पनि निःशुल्क लिन सकिन्छ । यसका साथै नेपाली बैज्ञानिक माहाविर पुनद्धारा निर्मित अटोमेटिक बाइक वाश गर्ने मेसिन जडान गर्ने मोरङ अटो वक्र्स नेपालकै पहिलो कम्पनी बनेको छ ।
शोरुममा आजैबाट एक्सचेन्ज मेला पनि शुरु भएको छ जहाँ ग्राहकहरुले कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरुमा बजार प्रचलित मुल्याड्ढन भन्दा १५ हजार थप मूल्याङकन प्राप्त गर्नेछन् । यसका साथै नगदमा खरिद गर्ने ग्राहकले ७००० नगद छुट, शुन्य प्रतिशत ब्याज, न्यून डाउन पेमेन्ट र न्यून किस्ताका सुविधाहरु पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

