काठमाडौं । निसान म्याग्नाइटको मूल्य पुनः बढेको छ । आधिकारीक वितरक पायोनियर मोटोकर्पले म्याग्नाइटको मूल्य १ लाख रुपैयाँसम्मले वृद्धि गरेको हो ।
कम्पनीले पुष २ गतेबाट नेपालमा विक्री सुरु भएको निसान म्याग्नाइटको मूल्य लगातार बढी रहेको छ । गाडीको बजारमा माग उच्च रहेसँगै यसको मूल्यपनि निरन्तर उकालो लागेको हो ।
भारतबाटै मूल्य बढेर आएकोले बढाउनु परेको कम्पनी स्रोतले जनाएको छ । तर, मूल्य वृद्धि भएको दुई महिनापनि नपुगी कम्पनीले म्याग्नाइटको मूल्य बढाएको हो । यसपटक सबैभन्दा धेरै इन्ट्री भेरियन्टमा यसको मूल्य बढाइएको छ । अघिल्लो पटक नै २९ लाख ९९ हजार रुपैयाँ बनाइएको मूल्य अहिले बढाएर ३० लाख ९९ हजार बनाइएको छ । यसमा १ लाख रुपैयाँ वृद्धि भएको हो ।
यसअघि म्याग्नाइट एक्सएल मिड भेरियन्टको मूल्य ३३ लाख २५ हजार रहेकोमा अहिले बढाएर ३३ लाख ९९ हजार बनाइएको छ । यसमा ७४ हजार रुपैयाँ बढाइएको छ ।

एक्सभी अपर भेरियन्टको मूल्य ३६ लाख २५ हजार रहेकोमा ३६ लाख ९९ हजार बनाइएको छ । यसमा पनि कम्पनीले ७४ हजार रुपैयाँ बढाएको छ ।
एक्सभी अपर ड्यूल टोन भेरियन्टको ३६ लाख ५५ हजार थियो, बढेको मूल्य अनुसार ३७ लाख ४९ हजार बनाइएको छ । यसमा कम्पनीले ९४ हजार वृद्धि गरिसकेको छ ।
म्याग्नाइटको एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल टोनको मूल्य क्रमशः ३९ लाख ५९ हजार र ३९ लाख ६९ हजार थियो । अहिले बढेको मूल्य अनुसार एक्सभी प्रिमियम मोनोको ४० लाख ४९ हजार र एक्सभी प्रिमियम ड्यूल टोनको ४० लाख ९९ हजार बनाइएको छ । माथि उल्लेख भएका सबै भेरियन्ट १.० लिटर नेचुरल्ली एस्पिरेडेड इन्जिन भएका हुन् ।

टर्बो इन्जिन भएको एक्सएलको मूल्य यसअघि ३८ लाख ४९ हजार रहेकोमा बढाएर ३८ लाख ९९ हजार बनाइएको छ । त्यस्तै एक्सभी अपर मोनोको मूल्य ४१ लाख ४९ हजार थियो । अहिले बढेर यसको मूल्य ४१ लाख ९९ हजार भएको छ ।
एक्सभी प्रिमियमको मूल्य ४४ लाख ४३ हजारबाट ४४ लाख ९९ हजार र एक्सभी प्रिमियम ड्यूल टोन भेरियन्टको मूल्य ४४ लाख ६९ हजारबाट बढाएर ४५ लाख ४९ हजार बनाएको छ ।


