रेनो क्वीडको ‘सेलीब्रेसन मोडल’, सुरक्षा फिचर थपियो

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले भारतमा क्वीडको सफल १० वर्ष पुरा गरेको छ । कम मूल्य, उत्कृष्ट डिजाइन र उच्च माइलेजको कारण भारतमा निरन्तर सफलता पाएको क्वीड सफल ह्याचव्याक कार भएको छ ।

नेपालमा पनि सन् २०१७ देखि विक्री वितरण हुँदै आएको क्वीडले १ हजार ५०० यूनिट विक्री पुरा गरेको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले जनाएको छ । भारतमा आफ्नो दश वर्ष पुरा भएको अवसरमा कम्पनीले ‘माई २०२१ क्वीड ह्याचव्याक सेलीब्रेसन मोडल’ ल्याएको हो । यो मोडलमा कम्पनीले विभिन्न फिचरमा अपडेट गरेको छ ।

सुरक्षाको लागि यसअघि एउटा मात्रै एयरव्याग प्रयोग भएको यो कारमा अब अगाडि दुई एयरव्याग उपलब्ध हुनेछ । यसका साथै कम्पनीले बडी कलरमा पनि थुप्रै परिवर्तन देख्न सकिन्छ ।

क्वीड क्लाइम्बरमा पनि परिमार्जन भएको रेनोले जनाएको छ । यसमा सेतो र कालो कलरको दुई कलरमा छतसहितको अप्सन पनि उपलब्ध रहेको छ । रेनो क्विडमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनमा ५ स्पीड म्यानुयल तथा ५ स्पीड एएमटी गियरबक्स दिइएको छ ।


Back_to_top