एक्सयूभी ७०० इभीमा पनि आउने, ५८ किलोवाट आवरको व्याट्री रहने

काठमाडौं । महिन्द्राले हालै मात्र भारतीय बजारमा नयाँ डिजाइन र लोगो सहितको नयाँ एसयूभी एक्सयूभी ७०० विक्री सुरु गरेको छ ।
भारतीय बजारमा एकदमै आक्रमक मूल्यमा लन्च गरेको यो एसयूभी तीन रो सिट भएको एसयूभी हो । यसमा ६ वा ७ सिटको अप्सनमा ग्राहकले खरिद गर्न सक्ने छन् ।

धेरै सेग्मेन्ट फस्ट फिचर रहेको यो एसयूभी छिटै नै इलेक्ट्रीक भर्सनमा पनि आउने सम्भावना रहेको रिपोर्टहरु बाहिर आएका छन् । महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेटले यसलाई नेपाली बजारमा चाँडै ल्याउने तयारी गरिरहेको छ ।

महिन्द्राले आगामी ५ वर्षमा ९ वटा नयाँ एसयूभी ल्याउने रोडम्याप बनाएर काम गरिरहेको छ । केही महिना अगाडि मात्रै टाटा मोटर्सबाट महिन्द्राले डिजाइन हेडको रुपमा प्रताप बोसलाई लगेको थियो ।

कम्पनीले आगामी ५ वर्षमा लन्च गर्ने एसयूभीहरु आईसी इन्जिन तथा जीरो इमिसन दुबै प्रकारको हुने जनाइसकेको छ । हालै विभिन्न मिडिया रिपोर्टहरुका अनुसार महिन्द्राले एक्सयूभी ७०० इभीको प्रोटोटाइप तयार गरिसकेको समाचार बाहिर आएको छ ।

प्रोटोटाइपको लिक भएको इमेजमा देखिए अनुसार यो एसयूभीको चार्जिङ प्लक अगाडिको फेन्डरको ठ्याक्क माथि रहेको देखिन्छ ।

यो कारमा ५४ किलोवाट आवरको ठूलो साइजको व्याट्री हुने अनुमान गरिएको छ । आगामी वर्षको अन्त्यसम्ममा महिन्द्राको एक्सयूभी ७०० इभी बजारमा आउने अनुमान गर्न सकिन्छ ।

महिन्द्राले गत वर्षको दिल्ली अटो शोमा केयूभी १०० को इभी भर्सन देखाएको थियो । त्यस्तै महिन्द्राले आफ्नो सव फोर मिटर कम्प्याक्ट एसयूभी एसयूभी ३०० को इलेक्ट्रीक भर्सन छिटै बजारमा ल्याउने घोषणा गरिसकेको छ ।


Back_to_top