काठमाडौं । बजाज पल्सर सिरिज नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल हो । १२५ सीसीदेखि २२० सीसीसम्मको विभिन्न रेञ्जमा उपलब्ध पल्सर सिरिज आफ्नो डिजाइन, पावर र पर्फमेन्सको कारण सधै पहिलो रोजाईमा पर्न सफल भएको मोडल हो ।
कोभिड १९ को संक्रमण फैलन थालेसँगै सर्वाधिक धेरै पटक मूल्य वृद्धि गरेको कारण बजाज पछिल्लो दिनमा आलोचित हुँदै आएको छ ।
नेपालमा नै एसेम्बल प्लान्ट लगाएर पनि महंगाे मूल्य किन भन्दै धेरै प्रश्न गरेकाे पाइन्छ ।
सरकारले प्रतिस्थापन विधेयकबाट मोटरसाइकल एसेम्बल गर्ने उद्योगको संरक्षण गर्नभन्दै भन्सार दरमा एक तहको फरक बनाएसँगै अहिले अन्य कम्पनी कस्तो रणनीति तय गर्ने भन्ने विषयमा छलफलमा जुटेका छन् । तर, बजाजले भने एक महिनाअघिको मूल्यमा केही परिमार्जन गरेको छ ।
कम्पनीले पल्सर सिरजको सबैभन्दा महंगो मोडल एनएस २०० एबीएस/एफआईको मूल्य ३ लाख ९१ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीले काब्रुरेटर इन्जिन र एबीएस सहितको पल्सर एनएस २०० को मूल्य भने ३ लाख ६५ हजार ९०० रुपैयाँ बनाएको छ ।
पल्सर सिरजिमा सर्वाधिक विक्री हुने मोडल १५० को टीभी भेरियन्टको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ र रेगुलर मोडलको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ बनाएको छ ।
पल्सर एनएस १६० एबीएस मोडलको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ पुगेको छ भने २२० एफको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ भएको छ ।
पल्सर सिरिजको सबैभन्दा कम मूल्यको पल्सर १२५ को मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।
दशैं अफर
बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘थ्रि डोज’ स्कीम संचालन गरिरहेको छ । कम्पनीले चाडपर्वको समयमा मोटरसाइकल किन्ने ग्राहकलाई केन्द्रमा राखेर किन्नुअघि, किन्दा खेरी र किनेपछि भन्ने स्कीम संचालन गरिरहेको छ ।
कम्पनीले किन्नुअघि १० हजारसम्म, किन्दाखेरी १ लाखसम्म र किनेपछि १० लाखसम्म जित्नसक्ने स्कीम चलाइरहेको छ ।
कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई सून्य प्रतिशत व्याजदेखि विभिन्न फाइनान्स सुविधा पनि प्रदान गर्दै आएको छ ।


