काठमाडौं । भारतीय इभी उत्पादकले बनाएको पहिलो सब फोर मिटर एसयूभी नेक्सनको विक्री १० हजार यूनिट पुरा भएको छ । नेपालमा पनि दुई महिनाअघि विक्री सुरु भएपनि गाडी आयात हुन नसक्दा बुकिङ गरेर बसेका ग्राहकले पनि कुरिरहेका छन् ।
सेमी कन्डक्टरको अभाव र भारतमा नै उच्च मागको कारण नेक्सन इभीको सप्लाईमा समस्या देखिएको छ । अहिले नेपालमा सन् २०२२ को पहिलो क्वाटरसम्मको लागि गाडी बुकिङ भइसकेको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।
रेगुलर नेक्सनको तुलनामा १२ लाख कम मूल्य रहेको इलेक्ट्रीक नेक्सन डिजाइन, ग्राउन्ड क्लियरेन्स र कम प्रतिकिलोमिटर लागतको लागि परिचित रहेको छ । टाटाको सफल सब फोर मिटर एसयूभी नेक्सन इलेक्ट्रीकमा आएकै कारण धेरै ग्राहकको रोजाईमा पर्न सफल भएको हो ।
भारतमा करिब १२० सहरमा ७०० चार्जिङ स्टेशन स्थापना गरेको टाटाले नेपालमा पनि हाइवे र सहर गरेर ८ वटा फास्ट चार्जर राखिसकको छ भने थप स्थानमा राख्ने तयारी गरिरहेको जनाएको छ ।

