काठमाडौं । जम्वो मोटर्सले नयाँ इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको छ । कम्पनीले ओपाइ ब्रान्डको वाइडब्लु०३ स्कुटर सार्वजनिक गरेको हो ।
हेटौडा बेस भएको उक्त कम्पनीले सार्वजनिक गरेको इलेक्ट्रीक स्कुटरमा व्याट्री अप्सन दिएको छ । ओपाइ वाइडब्लु०३मा लिड एसिड र लिथियम आयन अप्सनमा सार्वजनिक गरेको हो ।
‘जम्बो मोटर्स जम्बो भेहिलक प्रालिको साहायक कम्पनी हो । जम्बो भेहिकलले यस अघि लेभ्निङका इलेक्ट्रीक स्कुटर नेपाली बजारम विक्री गर्दै आएको छ भने हाल ओपाई ब्रान्ड नेपाल भित्र्याएका छौ,’ कम्पनीका संस्थापक बिनोद न्यौपानेले मेरोअटोसंग भने ।
यो स्कुटरको ३ हजार वाट पिक पावर रहेको छ भने यसकाृ रेटेड पावर १५ सय वाट रहेको छ । यसमा ६० भोल्ट तथा ७२ भोल्ट ३० एम्पीएरको ब्याट्री प्याक रहेको छ । यो स्कुटर एकपटक फुल चार्ज गर्नका लागि ५ देखि ६ घन्टा लाग्छ । एक पटकको फुल चार्जले ओपइ वाइडब्लु०३ को लिड एसिड भर्सन ७० देखी ८० किलोमिटरसम्म यात्रा गर्छ भने यसको लिथियम आयन भर्सन भने १२० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले दावी गरेको छ ।
यो स्कुटरको टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यस्तै यसमा एलइडी लाइट, डिस्क ब्रेक, डिजिटल इन्स्टुमेन्ट क्लस्टर जस्ता फिचर रहेको छ ।
दुई भेरियन्टमा उपलब्ध यो स्कुटरको लिथियम आयनको मूल्य २ लाख २५ हजार रुपैयाँ रहेको छ भने लिड एसिड भर्सनको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले चाड पर्वको अवसरमा यो स्कुटर खरिद गर्ने ग्राहकका लागि लिड एसिडमा १० हजार र लिथियम आयनमा २५ हजार नगद छुट दिने घोषणा गरेको छ ।


