हुन्डाई प्यालेसेडकाे फेसलिफ्ट छिटै आउँदै

काठमाडौं । कोरियन अटो जायन्ट हुन्डाई मोटर्सकाे आफ्नो फुलसाइज एसयूभी प्यालेसेडको फेसलिफ्ट छिटै बजारमा आउने भएको छ । नयाँ प्यालेसेडको फेसलिफ्ट हुन्डाईको नयाँ जेनेरेसन टुसानको ग्रिल डिजाइनमा आधारीत रहेको छ ।

नयाँ प्यालेसेडमा अगाडिको ग्रिलमा व्यापक परिवर्तन भएको देखिएको छ । यो एसयूभीमा हुन्डाईको नयाँ जेनेरेसनको टुसानमा प्रयोग गरेको जस्तै प्यारामेट्रीक ग्रिल तथा हाफ मिरर टाइपको यूनिक एलइडी डीआरएल रहेको छ । कम्पनीले यो एसयूभीमा पहिलाकै स्पिट हेडल्याम्पलाई भने निरन्तरता दिएको छ ।

यसमा आयोनिक ५ को जस्तै १२ इन्चको इन्फोटेन्मेन्ट सिस्टमका साथै जेनेसीस जीभी ६० को जस्तो क्रिस्टल स्पेयर गियर लिभर रहने छ । प्यालेसेडको यो नयाँ अपडेटमा आधुनिक कनेक्टीभिटीको सुविधाका साथै कम्फर्ट र कन्भिनेन्सका सबै फिचरहरु समावेश हुनेछ ।


Back_to_top