काठमाडौं । हुन्डाईको सफल मिडसाइज एसयूभी क्रेटाको मिडलाइफ फेसलिफ्ट परिक्षण भइरहेको खबरहरू सार्वजनिक भएको धेरै भइसकेको । नयाँ क्रेटाको फेसलिफ्ट मोडल साउथ कोरिया र इन्डोनेसीयाको सडकमा परीक्षण भइरहेको स्पाई इमेजहरू मिडियामा बाहिर आएका छन् ।
यही अनुमानलाई पुष्टी गर्दै हुन्डाईले नयाँ क्रेटाको अफिसियल टिजरहरू सार्वजनिक गरको छ । कम्पनीले आगामी नोभेम्बर ११ हुने इन्डोनेसिया अटो शोमा यसको सार्वजनिकीकरण गर्ने जनाएको छ ।
टिजर इमेजमा देखिए अनुसार नयाँ फेसलिफ्ट क्रेटाको अगाडिको फेसिया पूर्ण रूपमा परिवर्तन भएको छ । यसको अगाडिको फेस हुन्डाईको नयाँ जेनेरेसन टुसानबाट प्रभावित भएको देखिएको छ । टुसानमा जस्तै फेसलिफ्ट क्रेटामा नयाँ डिजाइनको ग्रिल रहेको छ । जसमा इन्टीग्रेटेड डेटाइम रलिङ लाइट रहेको छ । यसको मुख्य हेडल्याम्प, टर्निङ इन्डिकेटर तथा फगल्याम्प अगाडिको बम्परको तल्लो भागमा सरेको छ ।
नयाँ क्रेटामा दिएको अलोय ह्वील पनि रिडिजाइन गरिएको छ । यसको टेललाइट्स र पछाडिको बम्परमा पनि केही सामान्य परिवर्तन भएको छ । फेसलिफ्ट क्रेटामा थुप्रै नयाँ टेक्नलाजीका फिचरहरू थपिएको अनुमान गरिएको छ । यसमा पहिलादेखि रहेको ७ इन्चको इन्टुमेन्ट क्लस्टर, ८ वटा स्पीकर सहितको बोसको साउण्ड सिस्टम र १०.२५ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम कायमै रहेने छ ।

फेसलिफ्ट क्रेटामा एम्बीयन्ट लाइट, फ्रन्ट भेन्टीलेटेड सिट, अटो डिमिङ ओआरभीएम, लेदर अपहोस्ट्रे, ३६० डिग्री क्यामरा आदि फिचर थपिने सम्भावना रहेको छ । त्यस्तै नयाँ क्रेटामा एडीएएस इनेबल्ड अटोनोमस सिस्टम समेत हुने अनुमान गरिएको छ ।
यी बाहेक मेकानिक पार्टमा केही पनि परिवर्तन नहुने अनुमान गरिएको छ । यसमा अहिलेको क्रेटामा जस्तै १.५ लिटरको पेट्रोल तथा १.४ लीटरको टर्बो डिजल इन्जिन रहने छ । फेसलिफ्ट क्रेटाको भारतमा भने सन् २०२२ को मिडमा लन्च हुने अनुमान गरिएको छ ।

क्रेटाको अहिले चलिरहेको जेनेरेसन सन् २०१९ मा सार्वजनिक भएको थियो । भारतीय र नेपाली बजारमा क्रेटाले आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्ने एसयूभी हो । नपाली बजारमा क्रेटाको मिड साइज एसयूभी सेग्मेन्टमा ७५ प्रतिशत बजार हिस्सा रहेको छ ।


