इन्ट्रि लेबल सेग्मेन्टमा होन्डाले सीडी ११० ड्रिम डीएक्स नामक बाइक सार्वजनिक गरेको छ । ११० सीसी इन्जिन क्षमताको ड्रीम डीएक्सलाई नयाँ स्वरुपमा लन्च गरिएको हो । अब सीडी ११० मा गोल्ड ग्राफिक्स साथै क्रोम मफलर सुबिधा उपलब्ध हुनेछ ।
होन्डाको सीडी ब्रान्डलाइ इन्डियामा धेरै भरोसा गरिएको ब्रान्ड मध्य एक मानिन्छ ।
होन्डा सीडी ११० ड्रिम डीएक्समा १०९ सीसी क्षमताको इन्जिन रहेको छ । सिंगल सिलिन्डर एयर कुल्ड मिल इन्जिन प्रयोग गरिएको छ ।
७ हजार ५ सय आरपीएममा ८.३१ बीएचपी पावर तथा ५ हजार आरपीएममा ९.९ एनएम टर्क जेनेरेट गर्दछ । सीडी ११० ड्रिम डीएक्समा ट्युवलेस टायर, विस्कस एयरफिल्टर, मेन्टिनेन्स-फ्रि व्याट्रि जस्ता फिर्चस रहेको छ । बाइकको तौल १ सय ९ केजि रहेको छ । ८ लिटर इन्धन क्षमता रहेको याे बाइक प्रति घन्टा ८६ किलोमिटरको रफ्तारमा कुद्न सक्छ । ७४ किलोमिटर माइलेज दिने सीडी ११० ड्रिम डीएक्सको भारतीय बजार मूल्य ४८ हजार ६ सय ४१ भारतीय रुपैयाँ रहेको छ ।

