हुन्डाईले देखायो आफ्नो ‘क्लासीक सेडान ग्रान्डर’, अब इलेक्ट्रीकमा आउने

काठमाडौं । हुन्डाईले ‘क्लासीक सेडान ग्रान्डर’ सिरिज लञ्च भएको ३५ वर्षपछि रेट्रो फ्युचरिस्टीक इलेक्ट्रीक कन्सेप्टमा यसलाई पुनः सार्वजनिक गरेको छ । सन् १९८६ मा दक्षिण कोरियामा बनेको हुन्डाई ग्रान्डरको इलेक्ट्रीक कन्सेप्टको चर्चा निकै बढेको हो ।

हुन्डाईले ग्रान्डरको कन्सेप्टमा पनि प्यारामेट्रीक पिक्सेल एक्टेरियर लाइट दिएको छ । यसको क्यावीनमा बर्गन्डी भल्भेट र नाप्पा लेदरको प्रयोगको साथै एलीगेन्ट स्टीचीङ तथा लेदर लेसको प्रयोग गरिएको छ । यसको एक्टेरियरमा भिन्टेजको झल्को दिने ह्वील, साइड क्याइडीङ, नयाँ रियर भ्यू मिरर, व्ल्याक बडी कलर, नेटफ्ल्याट बनेट, टेल पिल्लर, र्‍याक्ड फ्रन्ट विण्डसील, पिक्सेल स्टाइलको एलइडी हेडल्याम र टेलल्याम्प दिइएको छ ।

यो कारमा सेन्टर कन्सोलको आर्मरेस्ट हिडन पपआउट हुने खालको छ । यसको ड्यासबोर्डमा रहेको डायल र बटनहरु फ्ल्याट तथा वाइड टचस्कृन डिस्प्लेले रिप्लेस भएको छ । तर यसमा १९८० को दशकमा फेसनमा रहेको सिंगल स्पोक स्टेङि ह्वील तथा जेटप्लेन स्टाइलको गियर नव भने कायमै रहेको छ ।

यो कारमा फोर वाई फोर साउण्ड सिस्टम सहितको १८ वटा स्पीकर रहेका छन् । हुन्डाईको यो नयाँ कन्सेप्ट इलेक्ट्रीक हुने पक्का भएपनि कारमा प्रयोग भएको व्याट्री तथा मोटरको बारेमा केही जानकारी दिएको छैन ।


Back_to_top