काठमाडौं । दुईपाग्रे सवारी साधनमा प्रयोग हुने एयरब्यागको उत्पादन हुने भएको छ । यसका लागि पियाजियोले अटोलिभ नामको एक कम्पनीसँग सहकार्य गरेको छ ।
यी दुई कम्पनीले हालै मात्र एक सम्झौता पत्रमा हस्ताक्षर गरेर एयर व्याग बनाउने सम्झौता गरेका हुन् । अटोलिभले यस अघि नै दुईपाग्रे सवारी साधनमा एयरब्याग निमार्ण गरिसकेको छ । अटोलिभले हालैमात्र एयरव्यागको परिक्षणसमेत गरेको छ । अब पियाजियोको सहकार्यमा कम्पनीले एयरव्याज बजारमा आउने अनुमान गरिएको छ ।
अटोलिभले निर्माण गरेका एयरव्याग मिलिसेकेन्डमा नै खुल्ने एक रिपोर्टमा जनाएको छ । दुईपाग्रे सवारीसाधनको फ्रेममा लगाइनेसमेत जनाएको छ ।
एयरव्यागको प्रयोग पश्चात सडकमा हुने दुईपाग्रे सवारी साधनको दुर्धटनामा हुने क्षती कमहुनेछ । कम्पनीका अनुसार हरेक बर्ष एकलाख चालकको ज्यान यो एयरव्यागको प्रयोगले हुनेछ ।


