काठमाडौं । रोयल इनफिल्डको आफ्नो स्थापनाको १२० वर्ष पुरा भएको अवसरमा ‘रोयल इनफिल्ड ६५० ट्वीन’को स्पेशल एडिशन सार्वजनिक गरेको छ । कम्पनीले इंटरसेप्टर ६५० र कन्टीनेन्टल ६५० को स्पेशल एडिशन सार्वजनिक गरेको हो ।
रोयल इन्फिल्डले सिमित संख्यामा ६५० स्पेशल एडिशन ल्याउने जनाएको छ । यो मोटरसाइकल भारत, युरोप, अमेरिका र दक्षिण–पुर्व एशियामा समेत डिसेम्बर ६ तारिखबाट विक्री सुरु गर्ने जनाएको छ ।
स्पेशल एडिशनको रुपमा आउने यो मोटरसाइकल ४८० यूनिट मात्रै उत्पादन गर्ने कम्पनीले जनाएको छ । यो मोटरसाइकल भारतमा १२० यूनिट, युरोपमा १२० यूनिट, अमेरिका र एशियाली बजारमा समान १२० यूनिटका दरले विक्री गर्ने कम्पनी बताएको छ ।
कम्पनीले गरेको बाँडफाँड अनुसार यो मोटरसाइकलको केही यूनिट नेपाल पनि आउने सम्भावना रहेको छ ।
कम्पनीले यो मोटरसाइकल किन्न चाहनेको लागि अनलाइनमार्फत रजिष्टेशन सुरु गरिसकेको जनाएको छ । स्पेशल एडिशनमा इन्जिन, साइलेन्सर, ट्याङ्क, रियर पार्ट तथा धेरै जसो पार्ट कालो कलरमा दिइएको छ ।
कम्पनीले हालसम्म यसको मूल्यको बारेमा कुनै जानकारी दिएको छैन ।


